नेपाल-भारत सीमा सिल गरिने

२८ भदाै, जनकपुरधाम।

भारतमा हुन लागेकाे ग्राम पञ्चायतकाे चुनावलाई लक्षित गरेर नेपाल-भारत सीमा सिल गरिने भएकाे छ । दुई देशको सीमा क्षेत्रको सुरक्षा व्यवस्था सुदृढ गर्ने उद्देश्यले साेमबार नेपाल-भारत सुरक्षा अधिकारीहरूकाे संयुक्त बैठकले सीमा सिल गर्ने निर्णय गरेको हो ।

आगामी सेप्टेम्बर २९ बाट भारतको बिहार राज्यको सीमावर्ती क्षेत्रको ग्रामपञ्चायतमा चुनाव हुँदै छ । जनकपुरमा दुई देशका सुरक्षा अधिकारीबीच भएको छलफलले चुनाव हुनुभन्दा ४८ घण्टा अगाडि नेपाल-भारतको सीमा नाका सिल गर्ने निर्णय भएको हो ।

बैठकमा खास गरेर नेपाली सुरक्षा अधिकारीहरूले सीमावर्ती भारतीय क्षेत्रबाट नेपालतर्फ लागूऔषधिको ओसारपोसार बढेको र नेपालमा अपराध गरेर भारतीय क्षेत्रमा अपराधीहरु लुकेर बस्ने गरेको विषयमा भारतीय सुरक्षा अधिकारीहरुलाई ध्यानाकर्षण गराएको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्ताेलाले जानकारी दिएका छन् ।

बैठकमा अवैध सामान ओसार-पोसारमा थप सूरक्षा सतर्कता अपनाउने विषयमा दुवै देशका सुरक्षा अधिकारीहरू सकारात्मक रहेको प्रजिअ बास्‍तोलाले बताए । साथै भारतीय पक्षले नेपाली सुरक्षा अधिकारीबाट हुँदै आएको सहयोगको उच्च प्रशंसा समेत गरिएकाे उनले बताए ।

उक्त बैठकमा धनुषा, महोत्तरी, सिरहा र सप्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु, नेपाल प्रहरीका प्रहरी उपरीक्षक, सशस्त्र प्रहरी उपरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख तथा भारतका तर्फबाट विहारका दरभंगाका डिभिजनल कमिस्नर डा. मनिष कुमार, मधुबनी जिल्लाका डिएम अमित कुमार, मधुबनीका प्रहरी उपरीक्षक सत्यप्रकाश, एसएसबीका प्रमुख सहितका सुरक्षा अधिकारीहरुको सहभागिता थियो ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top