एमसिसी छिटो पास गरौँ : बाबुराम भट्टराई

२९ भदाै, गोरखा ।

जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले दलीय सझदारी बनाएर यथासीघ्र एमसिसी पास गर्नुपर्ने बताएका छन्। डा. भट्टराईले सोमबार गृहजिल्ला गोरखाका पत्रकारहरुसँगको भेटमा एमसिसी पास गर्न अलमल गर्नुपर्ने बिषय नभएको तर्क गरे।

उनले भने, ‘राजनीतिक दलहरुले छिटो भन्दा छिटो सहमति गरेर यो सम्झौतालाई अनुमोदन गर्नु नै राष्ट्रिय हितमा हुन्छ । जनता समाजवादी पार्टी एक्लैको निर्णयले एमसीसी पास गर्न सम्भव छैन,  त्यस अर्थमा राष्ट्रिय सहमतिबाटै टुंगो लागोस्।’

एमसिसीले देशको सबै आवश्यकता पूर्ति नहुने भए पनि विकास र संवृद्धिमा ठूलो टेवा पुग्ने उनको भनाइ थियो। ‘एमसीसीले सबै पुग्ने होईन, तर खानै नपाउने गरिबलाई एक छाक खान दिँदा जस्तो सन्तोष हुन्छ, एमसिसीले त्यस्तै राहत हुन्छ भन्ने मान्यता हो’, एमसीसीबारे प्रष्ट्याउँदै उनले भने, ‘मुलुकको पूरै समस्या एमसीसीले हल हुने भन्ने होइन।’

एमसीसीको विषय अहिले भ्रमको रुपमा गिजोलिएर जनस्तरसम्म फिँजिएको र अनावश्यक तर्क र बितर्कले प्रश्रय पाएको भट्टराईले बताए। एमसीसी अनुदान सहयोगभन्दा बढी केही नभएको उनले दाबी गरे। यस्तो सम्झौता पचासौँ देशसँग भएर कार्यान्वयन भइसकेको उल्लेख गर्दै उनले नेपालका लागि यो सबैभन्दा ठुलो सम्झौता भएकाले मात्र संसदबाट पास गर्न खोजिएको उनले बताए।

उनले भने,‘हाम्रो संविधान अनुसार सहयोग सम्झौता संसदबाट पास गर्न आवश्यक थिएन । बिगतका भन्दा ठूलो राशिको सहयोग भएकाले संसदमा पेश भएको हो। यस्ता सम्झौतामा बिवाद बढी भएको हुनाले राष्ट्रिय सहमति जुटाउ सहज हुन्छ भन्ने कोणबाट हाम्रो (नेपालको) तर्फबाट माग गरेर राखिएको रहेछ।’

हाम्रो देशमा कुकुरको पुच्छर १२ वर्ष ढुङ्ग्रोमा हाले पनि बाङ्गाको बाङ्गै भने झैँ बिप्पा, एमसिसी, बिआरआई सबैमा विरोध हुने गरेको उनले चर्चा गरे।

एमसीसी त्रिपक्षीय चासोको विषय बनेको बताउँदै उनले बिदेशी ठूला राष्ट्रलाई अनावश्यक ढंगले बिच्क्याउँदा उसले पनि प्रतिशोध राख्न सक्ने आशंका ब्यक्त गरे।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top