देउवाविरुद्ध पौडेल समूह आक्रामक

२८ भदौ ७८, मंगलबार

काठमाडौं : नेपाली कांग्रेसको संस्थापनइतर मानिएको रामचन्द्र पौडेल समूहले डडेल्धुरा जिल्लामा भएको वडा अधिवेशन अस्वीकार गरेको छ । गत २५ भदौमा डडेल्धुरामा सम्पन्न वडा अधिवेशन सत्ता र शक्तिको आडमा एकतर्फी रूपमा धाँधली र बलमिच्याइपूर्वक गरिएको भन्दै पौडेल समूहले सो जिल्लाको वडा अधिवेशन पुनः गरिनुपर्ने बताएको हो ।

नयाँ अधिवेशन मिति तोकेर नेतृत्व छान्न पार्टी नेतृत्व तयार नभए मनोमानी सहेर नबस्ने पौडेल समूहको चेतावनी छ ।सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित आफ्नो समूहको बैठकलाई सम्बोधन गर्दै कांग्रेस वरिष्ठ नेता पौडेलले डडेल्धुरामा पुनः वडा अधिवेशन गरिनुपर्ने बताए ।

उनले डडेल्धुरा शैलीमा स्वेच्छाचारी प्रवृत्तिको पुनरावृत्ति २० जिल्लामा पनि नदेखाउन पार्टी नेतृत्वलाई खबरदारी गरे । ‘सत्ता र शक्तिको दुरुपयोग गरेर चुनाव गर्ने काम कांग्रेसलाई सुहाउँदैन । हामी यस्तो अधिवेशनलाई मान्दैनौं, धाँधली गरेर सत्ता हत्याउन हामी दिदैंनौं,’ कांग्रेस वरिष्ठ नेता पौडेलले भने ।

‘नेपाली कांग्रेसको इतिहासमा पहिलोपटक विधान र परम्परा तोडेर क्रियाशील सदस्यताको टुंगो नलगाई अधिवेशन निर्वाचन प्रारम्भ गरिएको छ,’ बैठकपछि जारी विज्ञप्तिमा पौडेलले भनेका छन्, ‘पार्टी विधान र केन्द्रीय कार्यसमितिको निर्णयसमेतलाई लत्याएर बलपूर्वक प्रक्रिया अगाडि बढाइएकोमा हाम्रो गम्भीर असहमति छ ।’

डडेल्धुरामा तल्ला तहबाट सिफारिस गरी पठाइएका क्रियाशील सदस्यतामा समावेश नाम केन्द्रबाट कटौती गरेर आफूखुसी नाम थप गरिएको भन्दै जिल्ला नेतृत्व नै केन्द्रसँग असन्तुष्ट रहँदै आइरहेको छ ।

डडेल्धुराका जिल्ला सभापति कर्ण मल्लको बहिष्कारका बाबजुद सो जिल्लामा केन्द्रको निर्देशनमा वडा अधिवेशन सम्पन्न भइसकेको छ । सो अधिवेशनमा सभापति शेरबहादुर देउवाबाहेकको समूहले भने सहभागिता जनाएको छैन ।

कांग्रेसले गत १८ भदौमा देशभरका ६ हजार ७ सय ४३ वडामा एक साथ वडा अधिवेशन गर्न मिति तोके पनि अहिलेसम्म ५६ जिल्लामा मात्रै अधिवेशन सम्पन्न भएको छ । डडेल्धुराको अधिवेशन विवादित छ भने त्यसबाहेक २० जिल्लामा वडा अधिवेशन सुरु नै भएको छैन ।

पछिल्लोपटक कांग्रेसले गत शुक्रबार केन्द्र र प्रदेशबाहेकका अधिवेशनको मितिलाई यथावत् राख्दै अन्य तहको अधिवेशनका मिति हेरफेर गरेको थियो ।

जसअनुसार कांग्रेसले २० जिल्लाको अधिवेशन ५ असोजलाई तोकेको छ भने पालिका तहको अधिवेशन २७ भदौबाट सारेर ९ असोजमा पु¥याइएको छ ।

‘क्रियाशील सदस्यता वितरणमा भएको गैरजिम्मेवारी, मनपरी र अराजकताले कांग्रेस लोकतान्त्रिक आदर्श र संस्कारअनुरूपको पार्टी नरहने खतराको लक्षण देखा पर्न थालेको छ, डडेल्धुरा जिल्लाको जस्तै अनियमितता र स्वेच्छाचारको पुनरावृत्ति अन्य २० जिल्लामा पनि हुन नपाओस् भन्नेतर्फ सम्बद्ध सबै पक्षको ध्यानाकर्षण र खबरदारी गर्न चाहन्छौं,’ पौडेल पक्षले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।,याे समाचार राजधानी दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top