×

NEPAL TIMES UPDATES

Playing
World News: ७०० किलोको ‘डोनाल्ड ट्रम्प’को कु र्बानी, Iranले Israelमा हम*ला गर्ने || Nepal Times
May 23, 2026
Playing
जेठ १५ देखि ‘लगेज ट्याग प्रणाली’ लागू|| Nepal Times
May 23, 2026
Playing
बारामा बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु, प्रहरीले ग¥यो उद्धार|| Nepal Times
May 23, 2026
Playing
भारतपछि पाकिस्‍तानमा पनि चल्यो कक्रोच अभियान|| Nepal Times
May 23, 2026
Playing
Top 15 Afternoon News || May-23-2026 || Nepal Times
May 23, 2026
Playing
सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता हुँदा रविलाई कस्तो राहत ? || Nepal Times
May 23, 2026
Playing
कान्स फिल्म फेस्टिभलमा नेपालले रच्यो इतिहास|| Nepal Times
May 23, 2026
Playing
प्रदेशतिर पुराना दलहरूको “अन्तिम भोज” ? || Nepal Times
May 23, 2026
Playing
अमेरिका छोडेर आफ्नै देशबाट ग्रीन कार्ड आवेदन दिनुपर्ने|| Nepal Times
May 23, 2026
Playing
लुम्बिनी–सुदूरपश्चिममा तातो लहर, सावधानी अपनाउनु || Nepal Times
May 23, 2026

नेपाली महिला फुटबलमा ‘साम्बा’को अभाव खड्कियो

२९ भाद्र २०७८

२९ भदाै, काठमाडाैँ ।

बंगलादेश महिला फुटबल फिफा वरियतामा नेपाल भन्दा तल छ । दशरथ रंगशालामा नेपाली महिला फुटबल टोलीको बढाउने र अभ्यस्त बनाउनका लागि डाकिएको बंगलादेशसँग अपेक्षा अनुसारको खेल देखाउन सकेन । जुन अहिले आलोचना भइरहेको छ । दुई मध्येको पहिलो मैत्रिपूर्ण खेलमा नेपालले सुखद नतिजा निकाले पनि दोस्रो खेलमा भने नेपालले निराशाजनक बराबरी खेल्दा एएफसी छनोट खेलका लागि तयारी अपूरो देखिएको छ ।

Advertisement
Advertisement

नेपालले आयोजना गरेका दुई मैत्रिपूर्ण खेल मध्ये पहिलो खेलमा नेपालले बंगलादेशलाई २–१ ले हरायो । नतिजा नेपालको पक्षमा भए पनि बंगलादेशले फर्काएको एक गोल उसका लागि ऐतिहासिक बन्यो । किन भने नेपालसँग अहिलेसम्म भएका ९ भेटमा बंगलादेशले दोस्रो गोल फर्काएको थियो । त्यसो त यस अघि हुने भेटमा नेपालले फराकिलो अन्तरले बंगलादेशलाई पराजित गर्दै आएको थियो । एएफसी एसियन कप छनोट खेल्न लागेको नेपाली महिला टोलीबाट यो किसिमको नतिजा मात्र अपेक्षा गरिएको थिएन, दशरथ रंगशालामा उत्कृष्ट खेल देखाउँदै हङकङ र फिलिपिन्ससँगको खेलमा कडा चुनौति दिनेमा आम समर्थकको विश्वास थियो । तर बंगलादेशसँगको खेल पछि भने नेपाली समर्थकले अपेक्षा अनुसारको प्रदर्शनको आशा गर्नु व्यर्थ हुने देखिन्छ ।

आइतबार नेपालले गोल रहित बराबरीमा रोकिँदा बंगलादेशको टोलीका लागि अर्को नयाँ इतिहाँस बन्यो । दक्षिण एसियाको बलियो प्रतिद्वन्द्वमा गनिने नेपाललाई रोक्दै बंगलादेशले पहिलो भन्दा दोस्रो खेलमा सुधारिएको खेल देखायो । यही अपेक्षा नेपाली टोलीमा पनि गरिएको थियो । तर पहिलो भन्दा पनि दोस्रो खेलमा नेपाली महिला टोलीले सोचे जस्तो प्रदर्शन गर्न सकेन । अपेक्षा अनुसारको खेल देखाउन नसकेको पूर्व प्रशिक्षक हरि खड्काले औल्याए र एएफसी छनोट खेलमा कमीकमजोरी सुधार गर्दै खेल्ने बताए ।

Advertisement

त्यसो त अहिले नेपाली टोलीमा मुख्य स्ट्राइकर सावित्रा भण्डारी उपस्थित छैनन् । घुँडाको शल्यक्रिया गराएकासावित्राको अनुपस्थितीमा मैत्रीपूर्ण खेल्दा नेपाली अपेक्षा अनुसार खेल्न सकेन । यही क्रममा अर्की नियमित खेलाडी पुन जर्घामगरलाई पनि नेपाली टोलीले गुमाउन प¥यो । खेलअघि गरिएको स्वास्थ्य परिक्षणमा नेपाली टिमकी नियमित रक्षक पुनम जर्घा मगरको मुटुमा समस्या देखिएको थियो । दुई मैत्रिपूर्ण खेलबाट दुई टोलीको तुलना गर्दा बंगलादेशले नेपाल भ्रमणलाई सार्थक बनायो भने नेपालले मैत्रिपूर्ण खेलबाट सुधारको संकेत देखाउन केही चुकेको छ । नतिजा र दक्षिण एसियाको साख जोगाउन नेपाली महिला टोलीलाई एएफसी छनोट खेलमा अझै कसरत गर्नु पर्ने आवश्यक छ ।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top