×

NEPAL TIMES UPDATES

Playing
राष्ट्रपतिले संसद्को संयुक्त बैठकलाई गरेको सम्बोधनको पूर्ण पाठ || Nepal Times
Apr 10, 2026
Playing
रुबीलाई बहिनी भनिएकोमा हर्कको आपत्ति,माननीय भनौं, ज्येष्ठ नागरिकलाई सम्मान गरौं|| Nepal Times
Apr 10, 2026
Playing
World News: अमेरिकी र इरानी इस्लामाबादमा एउटै टेबलमा,खामेनीले भने इरानले विश्वलाई चकित पार्याे
Apr 10, 2026
Playing
बालेन सरकारको निर्णयविरुद्ध विद्यार्थी आ*न्दोलित, कालापानी पनि एजेण्डा|| Nepal Times
Apr 10, 2026
Playing
अंश विवादको भया वह अ न्त्य, ४२ वर्षीया महिलाको ह त्या, भान्जा प क्रा उ || Nepal Times
Apr 10, 2026
Playing
रविकै अघि ज्ञानेन्द्र शाहीले भने तपाईंको बाध्यता बुझेका छौं || Nepal Times
Apr 10, 2026
Playing
खुश्वु ओलीले रास्वपालाई विश्वसनीयता र राजनीतिक संस्कारको पाठ पढाइन|| Nepal Times
Apr 10, 2026
Playing
आइतबार पनि अस्पताल बन्द नहुने, सिफ्ट र सट्टा बिदाको व्यवस्था || Nepal Times
Apr 10, 2026
Playing
गौरी कुमारी उद्योग र रामजी यादव श्रममन्त्री नियुक्त|| Nepal Times
Apr 10, 2026
Playing
प्र*हरीले खोल्यो पोखरा ह*त्या रहस्य ,भाञ्जा नै निस्कियो ह*त्या आ*रोपी|| Nepal Times
Apr 10, 2026

बन्दीपुरमा रू ५६ करोडको लागतमा केबुलकार निर्माण गरिने

३१ असार २०७५

तनहुँ, असार ३१

तनहुँको ऐतिहासिक नगरी बन्दीपुरमा केबुलकार सञ्चालन गरिने भएको छ । आर के बी रियल स्टेट एण्ड कन्सट्रक्सन लिमिटेड र स्थानीय व्यापारी ताराप्रसाद उपाध्यायको लगानीमा बन्दीपुर केबुलकार निर्माण प्रक्रिया अगाडि बढेको हो । ठूलढुंगाबाट बराल चोकसम्म सञ्चालन हुने केबुलकार रू ५६ करोडको लागतमा निर्माण हुने उक्त केबुलकारका अध्यक्ष रहेका उपाध्यायले जानकारी दिए।

Advertisement
Advertisement

केबुलकारका लागि आर के वी रियल स्टेट एण्ड कन्सट्रक्सनले ७० प्रतिशत र आफूले ३० प्रतिशत लगानी व्यहोर्ने उनले बताए । एक किमी ६०० मिटर लामो उक्त केबुलकारमा सात वटा टावर रहनेछन् । केबुल कार निर्माणका लागि जग्गाजमीन खरीदका साथै सबै क्षेत्रबाट स्वीकृति लिई अन्तिम डिपीआरसमेत तयार भइरहेको अध्यक्ष उपाध्यायले बताए ।

यसैगरी तनहुँको ऐतिहासिक नगरी एवं पुरानो सदरमुकाम बन्दीपुरमा करिव रू ६० करोडको लगानीमा आधा दर्जन होटल बन्न थालेका छन् । बढ्दो पर्यटकलाई ध्यानमा राखी यहाँ सुविधा सम्पन्न होटलहरु थपिने क्रम बढेको हो । बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष वैश गुरुङले होटलहरु थपिने क्रम तीव्र भइरहेको र आफैँले पनि रू सात करोड ५० लाखको लागतमा होटल बनाइरहेको जानकारी दिए । यहाँ होटल खोल्न काठमाडौँबाट समेत व्यवसायीहरु आइरहेको बताइएको छ ।

पहाडकी रानी उपनामबाट समेत परिचित बन्दीपुरमा यतिबेला चिनियाँ र स्पेनिस पर्यटकको संख्या बढेको छ । दैनिक करिव १०० विदेशी पर्यटक बन्दीपुर भित्रिने गरेको पर्यटन व्यवसायीको भनाइ छ । आन्तरिक पर्यटकको समेत बन्दीपुर रोजाइ बन्दै गएको छ । गर्मी समयमा चिसो हावा, स्वच्छ हराभरा र त्यहाँबाट देखिने दृश्वालोकनका साथै भक्तपुरे शैलीका ऐतिहासिक घरहरुले बन्दीपुरमा पर्यटकको आकर्षण बढ्दै गएको हो । पर्यटकलाई ध्यानमा राखी सूचना केन्द्र स्थापना गरी पथ प्रदर्शकहरु परिचालन र प्याकेज कार्यक्रमसमेत सञ्चालन गरिएको छ ।
रासस

Advertisement

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top