×

NEPAL TIMES UPDATES

Playing
लिपुलेक बारे चीन के भन्छ ? सीले ओलीसँग के भनेका थिए ? || Nepal Times
May 23, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
May 23, 2026
Playing
गल्फ खेल्दाखेल्दै अचानक ह्वाइट हाउस फर्किए ट्रम्प, हम लाको तयारी ? || Nepal Times
May 23, 2026
Playing
इरानी एयरस्पेस बन्द, इजरेलभर साइरन, व्हाइट हाउसमा छुट्टी रद्द|| Nepal Times
May 23, 2026
Playing
सम्बन्ध सुधार हुने ठानिएको परराष्ट्रमन्त्रीको दिल्ली भ्रमण स्थगित|| Nepal Times
May 23, 2026
Playing
World News: ७०० किलोको ‘डोनाल्ड ट्रम्प’को कु र्बानी, Iranले Israelमा हम*ला गर्ने || Nepal Times
May 23, 2026
Playing
जेठ १५ देखि ‘लगेज ट्याग प्रणाली’ लागू|| Nepal Times
May 23, 2026
Playing
बारामा बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु, प्रहरीले ग¥यो उद्धार|| Nepal Times
May 23, 2026
Playing
भारतपछि पाकिस्‍तानमा पनि चल्यो कक्रोच अभियान|| Nepal Times
May 23, 2026
Playing
Top 15 Afternoon News || May-23-2026 || Nepal Times
May 23, 2026

अफगान महिलाले यसकारण चलाए ‘मेरो लुगा नछोउ’ अभियान

२९ भाद्र २०७८

२९ भदौ, काबुल ।

तालिवानले महिला विद्यार्थीलाई पोसाकसम्बन्धी नयाँ नियम लागू गरेपछि अफगानिस्तानका महिलाहरुले त्यसको बिरोध गरेका छन् । महिलाहरुले मेरो पोसाक नछोउ अर्थात ‘ह्यासट्याग डुनट टच माई क्लोथ’ अभियान नै चलाएका छन् । उनीहरुले विभिन्न रंगीचंगी लुगा लगाएको तस्विर खिचेर सामाजिक सञ्जालमा पोस्टसमेत गरेका छन् ।

Advertisement
Advertisement

विश्वप्रसिद्व सर्च इन्जिन गुगलले समेत अफगान महिलाको पोसाक सर्च गर्दा आधुनिक रंगीचंगी गी पोसाक देखाउन थालेको छ । महिलाले ह्याट, हेडबिन, स्कर्टलगायतका अत्याधुनिक पोसाक लगाएर तस्बिर पोस्ट गरेर तालिवानी निर्देशनको बिरोध गरेका हुन् । तालिवानले सोमबार महिलाले अलग पोसाक लगाउनुपर्ने नयाँ नीति ल्याएको थियो ।

सामाजिक सञ्जालको ह्यासट्याग अभियान सुरु गरेकी डा. बहर जलालीले आफ्नो अभियानले परम्परागत पोसाकको पनि रक्षा गर्ने दाबी गरिन । अफगानिस्तानको पहिचान र सार्वभौमसत्तामाथि हमला भएकोले आफूले सो अभियान चलाएको पूर्वप्राध्यापकसमेत रहेकी जलालीले बताइन् ।

हरियो साडी लगाएको तस्बिर ट्विटरमा पोस्ट गर्दै उनी लेख्छिन, ‘अफगानिस्तानको वास्तविक अनुहार ।’

पछिल्लो २० वर्ष अफगान महिलाले अत्याधुनिक पोसाकमा सजिएर विश्वविद्यालय वा आफ्नो कार्यक्षेत्र जाने गरेका थिए । बुर्का र सम्पूर्ण शरीर ढाक्ने लुगाका सट्ट अफगान किशोरी जिन्स पाइन्ट र गलबन्दीमा सजिएका देखिन्थे ।

तर, तालिवानको शासन सुरु भएसँगै सम्पूर्ण शरिर ढाक्ने पोसाक लगाएका महिलाका तस्बिर बोकेर राजधानी काबुलमा केही महिलाले प्रदर्शन गरेको पनि देखिन्छ ।

Advertisement
Advertisement

यसै साता सार्वजनिक भएको एउटा भिडियोमा तालिवान समर्थित केही महिलाको प्रदर्शनमा ‘आधुनिक पोसाक लगाउनु र मेक अप गर्नु’ अफगान मुस्लिम महिलाको प्रतिनिधित्व नगर्ने जनाइएको थियो । मुस्लिम कानून शरियासँग मेल नखाने अधिकार आफूहरुले नचाहेको केही महिलाले बताएका थिए । एजेन्सी

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top