विकास बैंकहरूले एक सातामा ७३ करोडले बढाए निक्षेप, सवा ३ अर्ब लगानी

२८ भदौ ७८, मंगलबार

२९ भदौ, काठमाडौं ।

Advertisement

विकास बैंकहरुले एक साताको अवधिमै बचत (निक्षेप) सवा ७३ करोड रुपैयाँले बढाएका छन्। सोही अवधिमा कर्जा सवा तीन अर्बले बढाएका छन्।

डेभलपमेण्ट बैंकर्स एसोसिएसन अफ नेपालले दिएको जानकारीअनुसार यो साता १५ वटा विकास बैंकले सर्वसाधारणबाट ७३ करोड १४ लाख ३० हजार रुपैयाँ बचत संकलन गरेका छन्।

Advertisement

यससँगै विकास बैंकहरुले संकलन गरेको कूल निक्षेप चार खर्ब ८९ अर्ब २८ करोड १२ लाख रुपैयाँ पुगेको छ। अघिल्लो साता यस्तो रकम चार खर्ब ८८ अर्ब ५४ करोड ९८ लाख रुपैयाँ रहेको थियो। अघिल्लो साताको तुलनामा यो साता निक्षेको आकार ०.१५ प्रतिशतले बढेको एसोसिएसनले जानकारी दिएको छ।

यस्तै यो साता कर्जा लगानी तीन अर्ब १४ करोड ९९ लाख १० हजार रुपैयाँले बढाएका छन्। यससँगै १५ वटा विकास बैंकले प्रवाह गरेको कूल कर्जा रकम चार खर्ब ३६ अर्ब २३ करोड ५७ लाख रुपैयाँ पुगेको एसोसिएसनले जनाएको छ। अघिल्लो साता चार खर्ब ३३ अर्ब आठ करोड ५८ लाख रुपैयाँ रहेको कर्जाको आकार यो साता ०.७३ प्रतिशतले बढेको हो।

Advertisement

एसोसिएसनका अनुसार एक हप्ताको अवधिमा राष्ट्रियस्तरका विकास बैंकहरुको निक्षेप ०.२४ प्रतिशतले बढ्दा क्षेत्रीयस्तरका बैंकहरुको भने ०.३५ प्रतिशतले घटेको छ। यस्तै राष्ट्रियस्तरका विकास बैंकहरुको कर्जा ०.७९ प्रतिशत र क्षेत्रीयस्तरका विकास बैंकहरुको कर्जा ०.३८ प्रतिशतले बढेको छ।

नेपालमा हाल १८ वटा विकास बैंक सञ्‍चालनमा रहेका छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top