एमालेको अवरोधकै बीच विनियोजन विधेयक पारित

२९ भदाै, काठमाडाैं।

Advertisement

प्रतिनिधि सभाबाट विनियोजन विधेयक, २०७८ बहुमतले पारित भएको छ ।  सभाुमख अग्नि सापकोटाले एमालेको अवरोधकै बीच विनियोजन विधेयक, २०७८ निर्णयार्थ पेस गरेका थिए।

संसद बैठक सुरु भए लगत्तै सभामुख सापकोटाले अर्थमन्त्री जनार्दन शर्मालाई समय दिएका थिए। उक्त प्रस्ताव माथिको छलफलमा नेमकिपाका सांसद् प्रेम सुवाल सहभागी भएका थिए ।  त्यसपश्चात उक्त विधेयक निर्णयार्थ पेस गरिएकाेमा बहुमतले पारित भएकाे सभामुखले घाेषणा गरे । एमाले सांसदहरुले भने नारा लगाइरहे ।

Advertisement

प्रतिनिधि सभाले शोक प्रस्तावसमेत पारित गरेको छ। मानबहादुर महतो र रुक्मशमशेर राणाको शोक प्रस्ताव पनि प्रतिनिधि सभा बैठकले पारित गरेको छ। कार्यसूचीमा रहेका दुई प्रस्ताव पारित गर्दै प्रतिनिधि सभाको बैठक असोज ४ गतेसम्मका लागि स्थगित भएको छ ।

 

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top