×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

ओडिआई वरियतामा नेपालले ओमानलाई उछिन्यो

२९ भाद्र २०७८

२९ भदाै, काठमाडौं ।

नेपाली क्रिकेट टोलीले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को ओडिआई विश्व वरियतामा सुधार गरेको छ । आइसिसीले मंगलबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपालले एक स्थान सुधार गर्दै १५ औं स्थानमा उक्लिएको छ ।

Advertisement
Advertisement

नेपालको ८ खेलमा २ सय ८८ प्वाइन्ट र ३६ रेटिङ अंक छ । नेपाल उक्लदा ओमान भने खस्किएको छ । ओमान एक स्थान खस्कदै १६ औं स्थानमा पुगेको छ ।

नेपालभन्दा अघि स्कटल्यान्ड १४ औं, जिम्बावे १३ औं, आयरल्यान्ड १२ औं र नेदरल्यान्ड्स ११ औं स्थानमा छ । नेपाल भन्दापछि यूएई १७ औं, नामिबिया १८ औं, अमेरिका १९ औं र पपुपा न्युगिनी २० औं स्थानमा छन् । न्युजिल्यान्ड शीर्ष र इंग्ल्यान्ड दोस्रो स्थानमा छन् । नेपाल टि२० आई वरियतामा १३ औं स्थानमा यथावत छ ।

Advertisement

ओमान भ्रमणमा रहेको नेपालले लगातार तीन खेलमा जित निकालेपछि ओडिआई वरियतामा सुधार गरेको हो । नेपालले पपुवा न्युगिनीसँगको दुई ओडिआई सिरिज २–० ले जितेको थियो । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत पहिलो खेलमा अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो । नेपालले आज ओमानसँग खेल्दै छ ।

भर्खरको समाचार

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

सम्बन्धित खबरहरु

Scroll to Top