भान्सादेखि सडकसम्म विद्युतीय सामाग्रीको प्रयोग गरौँ : मन्त्री भुसाल

२८ भदौ ७८, मंगलबार

२९ भदाै, तनहुँ ।

ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुसालले विद्युतीय सामाग्रीको प्रयोग बढाउन नागरिकलाई आग्रह गरेकी छन्। विद्युतको बढी भन्दा बढी खपत गरी देशलाई अर्थतन्त्रमा बलियो बनाउने अभियान सुरु भएको भन्दै भान्सादेखि सडकसम्म विद्युतीय सामाग्रीको प्रयोगमा जोड दिन मन्त्री भुसालले सुझाव दिइन् ।

तनहुँको शुक्लागण्डकी नगरपालिका ५ बेलचौतारामा निर्माण भएको सोलार फार्म प्रालिले उत्पादन गरेको ५ मेगावाट सौर्य विद्युतको शुभारम्भ गर्दै मन्त्री भुसालले नेपालमा मिश्रित ऊर्जा प्रणालीले लगानी कर्ताहरूलाई उत्साहित बनाएको बताइन्। उनले जलविद्युतसँगै सोलार विद्युत् उत्पादनलाई सरकारले प्राथमिकता दिएको बताउँदै लगानीकर्ताहरूका लागि सहज वातावरण सिर्जना गर्ने बताइन् । उनले आगामी २ बर्ष भित्रमा देशभर विद्युतीकरण गर्ने लक्ष्य लिएको जानकारी दिँदै ऊर्जा क्षेत्रमा लगानी बढाउन लगानी कर्ताहरूलाई आग्रह समेत गरिन् ।

सोलार फार्मबाट उत्पादित विद्युत् मङ्गलवार नै राष्ट्रिय प्रसारण लाइनमा जडान गरिएको छ । स्वदेश तथा विदेशमा रहेका गैरआवसीयहरुको लगानी रहेको फार्म झण्डै ४३ करोडमा निर्माण सम्पन्न भएको फार्मका निर्देशक शंकरजंग गुरुङ्गले जानकारी दिए। नेपाल सरकारसँगै पहिलो पटक सौर्य ऊर्जा उत्पादनका लागी सम्झौता गरी निर्माण सुरु भएको यो आयोजना आगामी २५ वर्षका लागी १०० रोपनी जमिन भाडामा लिएर निर्माण गरिएको हो ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top