एमाले सांसद पाण्डे र भट्टले एकीकृत समाजवादी रोज्न पाउने सर्वोच्चको आदेश

२९ भदौ, काठमाडौं ।

Advertisement

सर्वोच्च अदालतले नेकपा एमालेका सांसद सोमप्रसाद पाण्डे र शारदादेवी भट्टले नेकपा एकीकृत समाजवादी रोज्न पाउने गरि अन्तरिम आदेश दिएको छ ।

मंगलबार सर्वाेच्चका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र नहकुल सुवेदीको इजलासले पाण्डे र भट्टलाई एकीकृत समाजवादीमा आवद्ध हुने पाउने अधिकारमा असर पर्ने गरी कुनै काम कारबाही नगर्न नगराउन अन्तरिम आदेश दिएको हो ।

Advertisement

माधवकुमार नेपाल नेतृत्वमा बनेको एकीकृत समाजवादी दर्ताका लागि एमाले केन्द्रीय सदस्यहरुले सनाखत गर्नुपूर्व नै दुवैले निर्वाचन आयोगमा निवेदन दिएका थिए । तर २ भदौमा दल दर्ताका लागि निवेदन दिँदा दुवैको नाम नभएका कारण आयोगले सनाखत गरेन ।

पाण्डे र भट्टले आफूहरू नेकपा एसमा सनाखतका लागि आयोगमा जाँदा अवसर नदिइएको भन्दै रिट दायर गरेका थिए । सर्वाेच्चले सनाखतपूर्व नै दल रोजेको देखिएकाले त्यसलाई मुद्दाको टुंगो नलाग्दासम्म असर गर्ने गरी कुनै कारबाही नगर्न अन्तरिम आदेश दिएको छ ।

Advertisement

यससँगै संघीय एकीकृत समाजवादीको सांसद संख्या बढेको छ । प्रतिनिधिसभामा एकीकृत समाजवादीको सांसद संख्या २३ पुगेको छ भने राष्ट्रियसभामा ८ पुगेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top