×

NEPAL TIMES UPDATES

Playing
इस्लामाबाद सेनाको नियन्त्रणमा, रेड जोन सील, सडकदेखि होटलसम्म कडा सुरक्षा || Nepal Times
Apr 10, 2026
Playing
हामीले उपसभामुखमा पदमा भोट त हाल्यौं तर `नो भोटमा´: रामवहादुर थापा|| Nepal Times
Apr 10, 2026
Playing
चेङ्ग लि–वुन नेतृत्वमा आए ताइवानमा चीनको राज, विलय गराउँदैछ चीन ? || Nepal Times
Apr 10, 2026
Playing
उपसभामुखमा रुबी ठाकुर निर्वाचित, रचिन् इतिहास || Nepal Times
Apr 10, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-27-2082 || Nepal Times
Apr 10, 2026
Playing
उपसभामुखमा साथ नपाएपछि रास्वपासँग रिसाए ज्ञानेन्द्र र खुश्बु || Nepal Times
Apr 10, 2026
Playing
ओली–लेखक जमानतमा रिहा, मुद्दा ज्यूँका त्यूँ, अब के हुन्छ ? || Nepal Times
Apr 10, 2026
Playing
देउवालाई इन्टरपोल मार्फत नेपाल ल्याउन छैन् सहज || Nepal Times
Apr 10, 2026
Playing
राष्ट्रपतिले संसद्को संयुक्त बैठकलाई गरेको सम्बोधनको पूर्ण पाठ || Nepal Times
Apr 10, 2026
Playing
रुबीलाई बहिनी भनिएकोमा हर्कको आपत्ति,माननीय भनौं, ज्येष्ठ नागरिकलाई सम्मान गरौं|| Nepal Times
Apr 10, 2026

पर्यटकको नेपाल बसाइ अवधि बढ्यो

२९ भाद्र २०७८

२९ भदाै, काठमाडाैँ ।

कोभिड–१९ महामारीले नेपाल आउने विदेशी पर्यटकको सङ्ख्या घटेपनि उनीहरुको औसत बसाइ भने बढेको पाइएको छ ।

Advertisement
Advertisement

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हालै सार्वजनिक गरेको ‘नेपाल पर्यटन तथ्याङ्क २०२०’ अनुसार पर्यटकको औसत बसाइ विगत वर्षभन्दा केही बढेर १५ दिन नाघेको छ । अघिल्ला तीन वर्षमा पर्यटकको औसत बसाइ सरदर १२ दिन थियो । सन् २०१९ मा १२ दशमलव ७, सन् २०१८ मा १२ दशमलव ४ र सन् २०१७ मा १२ दशमलव ६ दिन थियो । त्यसअघि सन् २०११ र सन् २०१६ मा क्रमशः १३ दशमलव १२ र १३ दशमलव १६ दिन पर्यटकको औसत बसाइ थियो ।

पर्यटकको बसाइ लम्बिएसँगै उनीहरुले गर्ने खर्च पनि बढेको छ । प्रतिपर्यटक खर्च विगत वर्षको तुलनामा वृद्धि भई ६५ अमेरिकी डलर पुगेको छ । अघिल्ला वर्षमा सरदर प्रति पर्यटक ४५ डलरसम्म खर्च हुने गरेको थियो । कोभिड महामारीका कारण सन् २०२० मा अघिल्लो वर्षको तुलनामा करिब ८० प्रतिशतले पर्यटक आगमनमा कमी आएको छ । सन् २०२० को पर्यटक आगमन सङ्ख्या दुई लाख ३० हजार ८५ मात्र रहेको छ । सन् २०१९ मा ११ लाख ९७ हजार १९१ विदेशी पर्यटक नेपाल आएका थिए भने सन् २०१८ मा ११ लाख ७३ हजार ७२ पर्यटकले नेपाल भ्रमण गरेको तथ्याङ्क छ ।

महामारीले नराम्ररी असर पुगेको पर्यटन क्षेत्रबाट आर्जन हुने विदेशी मुद्रामा करिब ७१ प्रतिशतले कमी आई करिब रु २५ अर्ब आर्जन भएको छ । सन् २०२० मा १५३ टिमका ४४७ जनाले पर्वतारोहणका लागि अनुमति लिएका थिए जुन गत सालको तुलनामा ९२ प्रतिशतले कम हो ।

Advertisement

नेपालमा सन् २०२० सम्ममा द्विपक्षीय हवाई सेवा सम्झौता भएका देशको सङ्ख्या ४० पुगेको छ । अन्तरराष्ट्रिय उडान भर्ने नेपाली वायुसेवा कम्पनीको सङ्ख्या तीन रहेको छ भने नेपाल उडान भर्ने अन्तरराष्ट्रिय वायुसेवा कम्पनीको सङ्ख्या २७ वटा पुगेको छ । मुलुकमा हाल एक मात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल छ । सन् २०२० सम्ममा आन्तरिक उडान तर्फ कूल ५४ विमानस्थल छन् । तीमध्ये ३७ विमानस्थल कालोपत्रे गरिएको छ भने सबै मौसममा नियमित उडान हुनसक्ने विमानस्थलको सङ्ख्या ३५ रहेको छ । आन्तरिकतर्फ १० हेलिकोप्टरसहित २० वायुसेवा कम्पनीले आन्तरिक उडान भर्दै आएका छन् । साहसिक र मनोरञ्जनात्मक उडान गर्ने कम्पनीहरुको संख्या ८० रहेको छ ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top