×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

बहराइनमा आन्दोलित नेपालीलाई स्वदेश फर्काइँदै

२९ भाद्र २०७८

२९ भदौ, काठमाडौँ ।
न्यूनतम सेवा सुविधा समेत नदिएपछि बहराइनमा आन्दोलित बनेका नेपाली कामदारहरुलाई उनीहरुको इच्छावमोजिम नै स्वदेश फर्काउने प्रक्रिया सुरु भएको छ । बहराइनको एनएसएच कम्पनीबाट स्वदेश फर्कन चाहने नेपालीको स्वदेश फिर्तीका लागि प्रक्रिया थालिएको छ ।

बहराइनमा रहेको नेपाली दूतावासका अनुसार कम्पनी व्यवस्थापकसँग भएको विवादपछि स्वदेश फर्कन चाहने नेपाली श्रमिकको स्वदेश फिर्तीका लागि नयाँ ठाउँमा स्थानान्तरणसमेत गरिएको जनाएको छ । सेप्टेम्बर १२ मा दूतावास, बहराइनको श्रम मन्त्रालय र कम्पनीका पदाधिकारीको रोहवरमा घर फर्कन चाहने श्रमिकलाई स्वदेश फिर्तीको सहजीकरणको लागि स्थानान्तरण गरिएको हो ।

Advertisement
Advertisement

श्रमिकले नियम अनुसार पाउनु पर्ने सेवा सुविधाहरुका सम्बन्धमा हिसाब मिलाएर मात्रै नेपाल पठाइने दूतावासले जनाएको छ । कम्पनीमा विभिन्न समस्याहरू भएपछि एनएसएच कम्पनीमा कार्यरत ७ सयभन्दा धेरै श्रमिक काम छाडेर आन्दोलनमा उत्रिएका थिए । श्रमिकहरूले काम छाडेर आन्दोलन थालेपछि दूतावासले समस्या समाधानको बाटो अघि बढाएको हो ।

Advertisement

नेपाली श्रमिकको समस्या समाधानका लागि बहराइन सरकारसमेत सकारात्मक देखिएको छ । अब छिट्टै सबै श्रमिकको विश्वास लिएको दूतावासले जनाएको छ । दूतावासले एनएसएच वा बहराइन कै अन्य स्थानमा कार्यरत नेपाली श्रमिकलाई नियम पूर्ण पालना गर्दै नेपाल र बहराइनबिचको मित्रवत सम्बन्धमा थप टेवा पु¥याउने गरी काम गर्न पनि अनुरोध गरेको छ ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top