सुदूरपश्चिममा नेकपा एसको संसदीय दलको नेतामा सोडारी चयन

सुदूरपश्चिममा नेकपा एसको संसदीय दलको नेतामा सोडारी चयन

२९ भदाै, कैलाली ।

नेकपा (एकीकृत समाजवादी) पार्टी सुदूरपश्चिम संसदीय दलको नेतामा दीर्घ सोडारी चयन भएका छन् । सोडारी भौतिक पूर्वाधार विकास मन्त्री समेत हुन् ।

मंगलबार एकीकृत समाजवादी पार्टीको संसदीय दलको कार्यालयमा बसेको संसदीय दलको दोस्रो बैठकले उनलाई सर्वसम्मत चयन गरेको सामाजिक विकास मन्त्री लालबहादुर खड्काले जानकारी दिए ।

 बैठकले संसदीय दलको विधान समेत पारित गरेको उनले बताए । १४ सांसद सहित नेकपा एस प्रदेशको सबै भन्दा ठूलो दल हो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.