केएमसीले सञ्चालनमा ल्यायो नेपालकै ठूलो एनआइसीयू

२९ भदौ ७८, बुधबार

३० भदाै, काठमाडौं।

काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले नेपालकै सबैभन्दा ठूलो र अत्याधुनिक सुविधासहितको नवजात शिशु सघन उपचार कक्ष र वाल रोग सघन उपचार कक्ष सञ्चालनमा ल्याएको छ । नेपालमै हालसम्म प्रयोगमा नरहेका उपकरणहरु प्रयोगमा ल्याएर केएमसीले नवजात शिशु र बाल रोगको अत्याधुनिक सघन उपचार कक्ष सञ्चालन गरेको हो ।

४० शैयाको नवजात शिशु सघन उपचार कक्ष र १० शैयाको बालरोग सघन उपचार कक्ष गरी बालबालिकाहरुको उपचारका लागि ५० शैयाको अत्याधुनिक उपचार कक्ष सञ्चालनमा ल्याइएको केएमसीका अध्यक्ष डा.सुनिल शर्माले जानकारी दिए । ‘नेपालमा अहिलेसम्म प्रयोग नभएका अत्याधुनिक उपकरणहरु प्रयोगमा ल्याएर बालबालिकाहरुको उपचारका लागि मूलुककै ठूलो सघन उपचार कक्ष सञ्चालन गरेका छौं,’ डा.शर्माले भने, ‘यसले नवजात शिशु र वालवालिकाहरुको उपचारमा निकै सहज हुनेछ ।’

उमेर नपुग्दै जन्मिएको शिशुलाई आमाको गर्भ जस्तै अवस्थामा राख्ने जिराफ ओम्निबेड इन्क्यूव्याटर मेसिन र १ किलो भन्दा कम तौल भएका नवजात शिशुलाई फोक्सोको उपचारमा प्रयोग गरिने हाइ फृक्यान्शी ओस्सिल्याटोरी भेन्टिलेटरसहितका उपकरण केएमसीले प्रयोगमा ल्याएको छ । यी दुबै मेसिन नेपालमै पहिलो पटक केएमसीले प्रयोगमा ल्याएको अस्पतालका वालरोग बिभाग प्रमुख प्रा.डा.सुनिल राजा मानन्धरको दावी छ । उनका अनुसार उमेर नपुग्दै जन्मिएका २६ हप्तादेखि २८ हप्तासम्मको नवजात शिशुलाई यो उपकरणको प्रयोग गरेर बचाउँन सकिन्छ ।

केएमसीले प्रयोगमा ल्याएका अत्याधुनिक उपकरणले नवजात शिशु र वाल मृत्युदर कम गर्न सघाउ पुग्ने केएमसीका जेनेरल मेनेजर नारायण दाहाल बताउँछन् । उनी भन्छन्, ‘अत्याधुनिक उपकरणसहित नेपालकै सबैभन्दा ठूलो ४० बेडको एनआइसीयू केएमसीले सञ्चालनमा ल्याएको छ, यत्ती ठूलो एनआइसीयू नेपालमा अन्त छैन । यसले नवजात शिशु तथा वाल मृत्यदर घटाउँन सघाउ पुर्याउँछ ।’

केएमसीले यसअघि २५ शैयाको नवजात शिशु सघन उपचार कक्ष र ५ शैयाको बालरोग सघन उपचार कक्ष सञ्चालन गर्दै आएको थियो । शैया बिस्तार गरेर अत्याधुनिक उपकरण प्रयोगमा ल्याई केएमसीले बालवालिकाको सघन उपचार कक्षलाई नेपालकै अब्बल बनाएको हो ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top