सामुदायिक विद्यालयको गुणस्तर उकास्न सरकार लागिपरेको छ : प्रधानमन्त्री देउवा

३० भदाै, काठमाडाैँ ।

Advertisement

प्रधानमन्त्री शेरबहादुर देउवाले ‘सबैका लागि सहज पहुँच र गुणस्तरीय शिक्षा’ प्राप्त पर्ने सरकारको अभियानमा साथ दिन सम्बन्धित सबै पक्षलाई आह्वान गरेका छन् । प्रधानमन्त्री देउवाले सामूदायिक विद्यालयहरुको शिक्षामा गुणस्तर अभिवृद्धिका लागि सरकारले विभिन्न शैक्षिक कार्यक्रमहरु संचालन गरिरहेको पनि बताए ।

जापान सरकारको सहयोगमा निर्माण गरिएको ललितपुरस्थित नमुना मच्छिन्द्र माध्यामिक विद्यालय भवनको बुधबार एक कार्यक्रममा बीच उद्घाटन गर्दै उनले विद्यालय शिक्षा स्थानीय तहको मुख्य जिम्मेवारीमा रहेपनि संघीय सरकारले त्यसका लागि आवश्यक स्रोत, साधन र शिक्षा विकास व्यवस्थापनमा सक्दो सहयोग गरिरहेको पनि स्मरण गराए । प्रधानमन्त्री देउवाले २०७२ सालको विनाशकारी भूकम्पले ध्वस्त बनाएका विद्यालयहरुको भौतिक पूर्वाधार निर्माणको काम सकिने अवस्थामा पुगेको उल्लेख गर्दै अवको सम्पूर्ण ध्यान त्यहाँको गुणस्तरीय शिक्षामै केन्द्रित हुने विश्वास समेत व्यक्त गरे । उनले सो विद्यालय भवन निर्माणका लागि सहयोग गरेकोमा जापान सरकारप्रति पनि आभार व्यक्त गरे । प्रधानमन्त्री देउवाले भने, ‘भौतिक पूर्वाधारको काम सकिएपछि गुणस्तरीय शिक्षामा सबैको ध्यान जानेनै छ । ‘सबैका लागि सहज पहुँच र गुणस्तरीय शिक्षा’ प्राप्ती आजको आवश्यक्ता हो । यस अभियामा सबै पक्षलाई केन्द्रित हुन अनुरोध गर्न चाहन्छु । सामूदायिक विद्यालयको शिक्षामा गुणस्तर अभिवृद्धि गर्न नेपाल सरकारले विभिन्न शैक्षिक कार्यक्रमहरु संचालन गरिरहेको र भविष्यमा थप कार्यक्रमहरु सूचारु गर्नेनै छ । विद्यालय शिक्षा स्थानीय पालिकाको मुख्य जिम्मेवारीमा रहेता पनि संघीय सरकारले स्रोत, साधन र अन्य कार्यक्रमहरुसहित विद्यालय शिक्षाको विकास व्यवस्थापनमा सहयोग गरिरहेको छ ।’

Advertisement

त्यस अवसरमा प्रधानमन्त्री देउवाले सो विद्यालयले दृष्टिबिहीन बालबालिकाहरुको पठनपाठन गराउँदै आएकोमा खुसी समेत व्यक्त गरे । कार्यक्रममा बोल्दै ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले मुलुकको शैक्षिक, सामाजिक तथा आर्थिक क्षेत्र निर्वाध रुपले संचालन हुने गरी सरकारले कोरोनाविरुद्धको खोप अभियानलाई प्रभावकारी रुपले अघि बढाईरहेको दावी गरिन् । उनले भूकम्पको महाविपत्तिले पुनर्निर्माणको कामलाई अघि बढाउन र कोरोनाको विपद्ले सूचना प्रविधि क्षेत्रको विकासमा लाग्न ठूलो पाठ सिकाएको पनि स्मरण गराइन् । मन्त्री भुसालले भनिन्, ‘अव हामी खोपद्धारानै कोभिडको निरुपण गरेर शैक्षिकलगायतका सबै आर्थिक–सामाजिक जीवनलाई फेरी निर्वाध ढंगले सधंै जस्तै अगाडि बढाउनेछौं । अहिले सरकारले र सम्माननीय प्रधानमन्त्रीज्यूले खोप–खोप–खोप मात्र पहिलो उद्देश्य भनेर सम्बोधन गर्नु भएको थियो र सोको कार्यान्वयनमा हामी त्यहीँ ढंगले लागिरहेका छौं ।’

Advertisement

मन्त्री भुसालले सो भवन निर्माणका लागि आर्थिक सहायता उपलब्ध गराएकोमा जापान सरकारलाई धन्यवाद दिइन् । जाईकाको आर्थिक सहयोगमा निर्माण गरिएको मुख्य शैक्षिक भवन २५ कोठाको रहेको छ भने २ वटा साना भवनमा दृष्टिबिहीन बालबालिकाको पठनपाठन हुनेछ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top