×

NEPAL TIMES UPDATES

Playing
इरा*नको ९०% ह*तियार ध्व*स्त भएपनि अमेरिकालाई दि*दैछ चुनौती*|| Nepal Times
Apr 11, 2026
Playing
उपसभामुखको उपहारले हर्कको मुख थुनिएला? || Nepal Times
Apr 11, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 11, 2026
Playing
ह्वाइट हाउसमा प्रथम महिलाको अप्रत्याशित सम्बोधन|| Nepal Times
Apr 11, 2026
Playing
‘संसद्मा प्रधानमन्त्री नबोल्ने, सभामुखको सम्पत्ति विवरण पत्याउन नसकिने’ || Nepal Times
Apr 11, 2026
Playing
रु*स–यु*क्रेनबीच यु*द्ध*विरा*म, अल्टम्यानको घरमा पे*ट्रोल ब*म प्र*हार|| Nepal Times
Apr 11, 2026
Playing
इरानी टोलीलाई तीन घन्टा ’ए*स्कर्ट’! जे*डी भान्सको विमा*नलाई हा*वामा नै एफ–१६ को सुर*क्षा
Apr 11, 2026
Playing
मरिससमा परराष्ट्रमन्त्री खनाल के गर्दैछन् ? || Nepal Times
Apr 11, 2026
Playing
Top 15 Afternoon News || April-11-2026 || Nepal Times
Apr 11, 2026
Playing
को सांसद कुन समितिमा परे ? || Nepal Times
Apr 11, 2026

रेडपाण्डा संरक्षणका लागि कुकुरलाई रेबिजविरुद्धको खोप

१ आश्विन २०७८

१ असाेज, ताप्लेजुङ ।

रेडपाण्डा संरक्षणको क्षेत्रमा काम गर्दै आएको संस्था हिमाली संरक्षण मञ्चले ताप्लेजुङका ५०० भन्दा बढी कुकुरलाई रेबिजविरुद्धको खोप लगाएको छ । घरपालुवा र सामुदायिक गरी ५८६ वटा कुकुरलाई रेबिजविरुद्धको खोप लगाइएको हिमाली संरक्षण मञ्चले जनाएको छ ।

Advertisement
Advertisement

यही भदौ १४ देखि २४ गतेसम्म आफ्नो कार्य क्षेत्रका ४१४ वटा कुकुर र ३१ वटा बिरालोलाई रेबिजविरुद्धको खोप लगाइएको मञ्चका कार्यक्रम संयोजक रमेश राईले जानकारी दिए । उनका अनुसार अघिल्लो वर्ष १७२ वटा कुकुरलाई खोप लगाइएको थियो ।

रेडपाण्डा नेटवर्कको आर्थिक सहयोग र स्थानीय तहका पशु शाखाको प्राविधिक सहयोगमा खोप कार्यक्रम आयोजना गरिएको राईले बताए । मान्छे, घर पालुवा जनावर र संरक्षित वन्यजन्तु रेडपाण्डा कुकुरको आक्रमणमा पर्ने गरेकाले रेबिजबाट बचाउन खोप कार्यक्रम सञ्चालन गरिएको हो । खोपसँगै जुकाको औषधि र भिटामिनसमेत वितरण गरिएको छ । अघिल्लो वर्ष पाथीभरा क्षेत्रमा खोप कार्यक्रम सञ्चालन गरिएको थियो ।

यो वर्ष सिरिजङ्घा गाउँपालिकाको खेवाङ, याम्फुदिन, पाथीभरा याङ्वरकको तिरिङ्गे, थेचम्बु, फुङ्लिङ नगरपालिकाको फावाखोला फुरुम्बुसहित पाथीभरा क्षेत्रमा रहेका घरपालुवा र सामुदायिक कुकुरलाई खोप लगाइएको मञ्चले जनाएको छ । पछिल्लो समय रेडपाण्डा संरक्षण क्षेत्रका कुकुरमा रोग देखिन थालेकाले खोप कार्यक्रमलाई निरन्तरता दिँदै लगिने राईको भनाइ छ ।

यस्तै रेडपाण्डा संरक्षणकै लागि अघिल्लो वर्ष ८२ वटा कुकुरलाई बन्ध्याकरणसमेत गरिएको छ । धेरैजसो पाथीभरा क्षेत्रका सामुदायिक कुकुरलाई बन्ध्याकरण गरिएको छ । बन्ध्याकरण गरेपछि आक्रामक नहुने र सङ्ख्यासमेत वृद्धि नहुने भएकाले बन्ध्याकरण गर्नुपरेको बताइएको छ । जिल्लामा हालसम्म पाथीभरा क्षेत्र र देउरालीमा गरी दुई वटा रेडपाण्डा कुकुरको आक्रमणमा परी मरेका थिए ।

कुकुरको आक्रमणमा परी घाइते अवस्थामा भेटिएका ती रेडपाण्डा उपचारका क्रममा मरेको जनाइएको छ । विशेषगरी जिल्लाको पाथीभरा क्षेत्रमा रेडपाण्डाको सङ्ख्या बढिरहेको अनुमान छ । सो क्षेत्रमा भने बर्सेनि सामुदायिक कुकुरको सङ्ख्या वृद्धि भइरहेकाले संरक्षणमा चुनौती बढेको छ ।

नेपालका सम्भावित रेडपाण्डाको बासस्थान र सङ्ख्याका आधारमा ताप्लेजुङलाई रेडपाण्डाको प्रमुख क्षेत्रका रूपमा लिन सकिन्छ । अघिल्लो वर्ष तयार भएको समुदायमा आधारित हाब्रे सर्वेक्षण तथा अनुगमनको कार्यविधिमा उल्लेख भएअनुसार यहाँ हाब्रे अर्थात् रेडपाण्डाको सङ्ख्या ४५ रहेको छ ।

Advertisement

साधारणतया रेडपाण्डाले आफ्नो बासस्थान धोद्रो रुखमा वा चट्टानको खोँचमा बनाउने गर्छ । कुकुरको आक्रमणसहित वन डढेलो, चोरी सिकार, हाब्रेको मुख्य आहारा मालिङ्गो÷निगालो प्रजातिको दोहन, बासस्थान क्षेत्रमा घाँस, दाउरा सङ्कलन, सडक संरचनासहित ठूलाठूला भौतिक पूर्वाधारको निर्माण हुने जस्ता कार्यले रेडपाण्डाको संरक्षणमा चुनौती थपिँदै गएको संरक्षणकर्मी बताउँछन् ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top