NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
कम्बोडियाले किन माग्यो युद्धविराम ? शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन् शनिबार साउन १० , २०८२
मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ? शनिबार साउन १० , २०८२
विद्याको समर्थन गर्नेलाई एमालेले हान्यो चाबुक शनिबार साउन १० , २०८२
विद्याले ओलीलाई दिइन दनक,मुठ्ठीभर नेताले सदस्यता खोस्न सक्दैनन्  शुक्रबार साउन ९ , २०८२
Next
Prev

समाचार

जनगणनामा सोधिँदै भाषादेखि खातासम्म

शुक्रबार अशोज १ , २०७८
Reading Time: 1 min read
A A
जनगणनामा सोधिँदै भाषादेखि खातासम्म
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

काठमाडौं: कात्तिक २५ गतेपछि तपाईंको घरमा कोही नयाँ मान्छे आएर ‘तपाईंको बैक खाता छ कि छैन ?’ बैंक तथा वित्तीय संस्थामा ऋण लिनुभएको छ कि छैन ?’ भनेर पनि सोध्न सक्छन् । प्रश्न सोध्ने अरू कोही नभई राष्ट्रिय जनगणनाका खटिएका गणक हुनेछन् । उनीहरूले तपाईंको पुर्खाको भाषा कुन हो ? जागिरको खोजी गर्नु भएको छ छैन ? भन्नेलगायत पनि जिज्ञासा राख्ने छन् ।

संघीयतापछि पहिलो पटक हुन गइरहेको जनगणनामा १२ वटा नयाँ प्रश्न थपिएका छन् । विगत सय वर्षअघि भएका जनगणनामा सोधिएका भन्दा भिन्न प्रश्न हुनेछन् । नेपालमा १९६८ बाट जनगणना सुरु भएको हो । जुन बेला चन्द्रशमशेर प्रधानमन्त्री थिए । प्रत्येक १०-१० वर्षमा जनगणना गरिन्छ ।

अबको जनगणनामा ८० वटा प्रश्नावली छन् । केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेवीललाल श्रेष्ठले संघीयतापछिको पहिलो जनगणना भएकाले १२ नयाँ विषयवस्तु समेटिएको जानकारी दिए। यो जनगणनामा भाषाको विषय प्रमुखताका साथ राखिएको छ । उनका अनुसार विगतमा मातृभाषा र दोस्रो भाषाको विषय मात्रै थियो। अब भाषासम्बन्धी ३ प्रश्न छन् । ‘मातृभाषा, दोस्रो भाषा र पुर्खाको भाषा कुन हो ? भन्ने प्रश्नावली छ,’ महानिर्देशक श्रेष्ठले भने, ‘जन्मदर्ता विषयले प्रवेश पाएको छ ।’

Advertisement

हरेक परिवारको बैंक तथा वित्तीय संस्थाका खाता भए /नभएको, प्राविधिक तथा व्यावसायिक शिक्षा लिए /नलिएको सम्बन्धी प्रश्न पनि सोधिने छ । घर बस्नका लागि हो वा व्यावसायिक प्रयोजनका लागि हो ? भन्ने पनि विवरण संकलन गरिँदैछ । घर पनि सिनेमा हल हो कि ? व्यापारिक कम्प्लेक्स वा उद्योग, कलकारखानाको हो वा बासस्थानका लागि हो ? भन्ने प्रश्नको उत्तर पनि खोजिँदैछ ।

यस पटक जनगणनामा भूकम्पपछिको पुनर्निर्माणको यथार्थ विवरण समेत संकलन गर्न खोजिएको छ । सरकारी अनुदानमा निर्माण भएका घरबारे पनि विवरण संकलन गरिने उनले जानकारी दिए । विगतका जनगणनामा दुई किसिमका प्रश्नावली थिए भने अहिले सामुदायिक प्रश्नावली थपिएको छ । सामुदायकि प्रश्नावलीमार्फत स्थानीय तहको आर्थिक, सामाजिक, धार्मिक, पूर्वाधार जोखिमको विवरण पनि संकलन गरिने छ ।

संघीयतापछि स्थानीय तहको वडासम्मै तथ्यांक आवश्यकता पर्ने भएको सामुदायिक प्रश्नावली थपिएको महानिर्देशक श्रेष्ठले जानकारी थिए । उनले वडासम्मकै प्रोफाइल बनाइने बताए । ‘संघीयतामा मुलुक प्रवेश गरेको छ । वडा तहसम्मको योजना बनाउन तथ्यांक चाहिन्छ, त्यसका कारण सामुदायिक प्रश्नावली थपिएको छ,’ उनले भने। २०५८ र ६८ को जनगणनामा अपनाइएको नमुना छनौट विधि हटाइएको छ ।

आगामी जनगणनामा सबै स्थानीय तहका वडासम्म तथ्यांक प्राप्त गर्न, सबै प्रश्नहरूको विवरण सबै घरपरिवारमा प्राप्त गर्ने गरी, एउटै प्रश्नावली तयार गरिएको छ । यसबाट स्थानीय तहमा सम्भव भएसम्म अधिक सूचकहरू तयार गर्न सकिने हुन्छ। सबैलाई ८० वटै प्रश्न सोधिने छ ।

काठमाडौंमा ट्याब्लेट विधिबाट जनगणना गरिने भएको छ । विदेशस्थित कूटनीतिक नियोग, राजदूतावासको जनगणना इसेन्ससबाट गरिनेछ ।

स्थगित जनगणनाको तयारीको काम सुचारु
कोभिड–१९ का कारण स्थगन भएको राष्ट्रिय जनगणना २०७८ को काम पुनः सुचारु भएको छ । मन्त्रिपरिषद्ले आगामी कात्तिक २५ देखि मंसिर ९ सम्म राष्ट्रिय जनगणना गर्ने कार्यतालिका स्वीकृत गरिसकेको छ । विभागका महानिर्देशक नेवीललाल श्रेष्ठका अनुसार १५ दिने अवधिमा अनुमानित ७० लाख परिवार तथा ३ करोड जनसंख्याको गणना हुनेछ । उनले भने, ‘भदौ २० देखि जनगणनाको काम सुरु भएको हो ।’

बुधबारदेखि घरधुरी सुचिकरण गर्न ८ हजार ५ सय सुपरीवेक्षक खटिएका छन् । उनीहरूलाई गत भदौ २७ र २८ गते तालिम दिइएको थियो । सूचीकरण असोज १८ गतेसम्म हुनेछ । सुपरीवेक्षकले २० दिनसम्म घर–घर सूचीकरणको काम गर्नेछन् ।

मुख्य जनगणना कात्तिक २५ देखि मंसिर ९ गतेसम्म हुने महानिर्देशक श्रेष्ठले बताए । मूल जनगणनामा खटिने ३९ हजार गणकको कात्तिक ९ देखि ११ गतेसम्म नियुक्त गरिनेछ । उनीहरूलाई कात्तिक १३ देखि १६ सम्म तालिम दिइनेछ । ५ वर्षदेखिको तयारीसहित जनगणनाको ४ अर्बको लागत अनुमान गरिएको छ । उनका अनुसार जनगणना हुने समयका लागि मात्रै २ अर्ब ८० करोड बजेट छुट्ट्याइएको छ ।

केन्द्रदेखि वडा तहसम्म जनगणना कार्यान्वयन र सहजीकरणका लागि विभिन्न समिति बनाइएका छन् । जनप्रतिनिधिहरूको सक्रिय सहभागिता रहनेछ । तीनै तहका सरकार, गैरसरकारी तथा निजी क्षेत्रको समेत सहभागिता र सहकार्य छ जसले गर्दा विश्वसनीय तथ्यांक संकलनमा सहयोग पुग्नेछ ।

गणकलाई खरिदार र सुपरिवेक्षकलाई नायब सुब्बा सरहको सुविधा उपलब्ध गराइनेछ । लिम्पियाधुरा, लिपुलेक, कालापानीको जनगणना गर्ने विषयमा अन्योलता देखिएको छ । २०१८ सालसम्म यो क्षेत्रको जनगणना हुँदै आएको थियो । विगत ६० वर्षदेखि भारतले अतिक्रमण गर्दै आएको यो क्षेत्र पछिल्लो समयमा जनगणना हुन सकेको छैन ।

विभागका महानिर्देशक श्रेष्ठले अवस्था हेरेर सम्भव भएसम्म लिम्पियाधुरा, लिपुलेक कालापानीको जनगणना गरिने बताए । उनका अनुसार त्यस क्षेत्रको जनगणना कसरी गर्ने ? भन्ने विषयमा निरन्तर छलफल भइरहेको बताए । ‘स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारसँगको छलफलबाट एउटा निष्कर्षमा पुग्ने उनले स्पष्ट पारे। भौतिक उपस्थितिमा नभएमा नयाँ प्रविधिको माध्यमबाट भए पनि त्यो क्षेत्रको जनगणना हुने श्रेष्ठले बताए । उनले सेटलाइट वा जीएसएस प्रविधिको माध्यमबाट अध्ययन गरेर अनुमानित तथ्यांक संकलन गरिने बताए । जनगणनामा मुलुकको भू–भागभित्र रहेका सबै घरपरिवार तथा व्यक्तिको निश्चित अविधिमा निश्चित विधि अपनाई पूर्ण रूपमा गणना गर्नुपर्ने महानिर्देशक श्रेष्ठले बताए ।,याे समाचार अन्नपूर्ण पोष्ट दैनिकमा छापिएकाे छ ।

लोकप्रीय

कम्बोडियाले किन माग्यो युद्धविराम ?

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२

विचार

कम्बोडियाले किन माग्यो युद्धविराम ?

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२

थप समाचार

कम्बोडियाले किन माग्यो युद्धविराम ?
अन्तर्राष्ट्रिय

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्
अन्तर्राष्ट्रिय

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?
ताजा समाचार

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२
विद्याको समर्थन गर्नेलाई एमालेले हान्यो चाबुक
ताजा समाचार

विद्याको समर्थन गर्नेलाई एमालेले हान्यो चाबुक

शनिबार साउन १० , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News:खामेनीको ह*त्या गर्ने धम्की, को*रोना परास्त गर्ने औषधि फेला|| Nepal Times

World News:खामेनीको ह*त्या गर्ने धम्की, को*रोना परास्त गर्ने औषधि फेला|| Nepal Times

00:13:47

World News: Iranमा ह*त्या आतंक, अमेरिकी सुपरमार्केटमा चक्कु प्रहार || Nepal Times

00:12:45

World News: सय मोस्टवान्टेड Chinaमा, Modiले डुलेरै सके ३६२ करोड || Nepal Times

00:23:28

World News: Bangladeshका पूर्व प्रधानन्यायाधीश प*क्राउ, Indiaले चिनियाँलाई पर्यटक भिसा खोल्यो

00:15:43

World News:ओबामामाथि ‘राजद्रोह’को आरोप, एआई भ्वाइस फ्रडप्रति अल्टम्यानलाई चिन्ता || Nepal Times

00:14:45

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

संविधान दिवसमा ६८१ कैदीलाई आममाफी,९९८ जनालाई विभूषण

विद्याका सबै सपना उडायो हुरीले, पार्टीको झण्डा बोक्नै नपाउने

बुधबार साउन ७ , २०८२
राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्यालाई अब कसैले रोक्न नसक्ने, ओलीकै पोल खोलिन्

मङ्लबार साउन ६ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

प्रचण्ड गर्मीकाबीच आज कहाँ हुँदैछ भारी वर्षा ?

बिहिबार साउन ८ , २०८२

हालका पोस्टहरू

कम्बोडियाले किन माग्यो युद्धविराम ?

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.