महसुल नतिर्नेको विद्युत् काट्ने अभियान

३१ भदौ ७८, शुक्रबार

१ असाेज, पर्वत ।

नेपाल विद्युत् प्राधिकरण, पर्वत वितरण केन्द्रले विद्युतीय मिटर रिडिङ गरेको ६० दिनसम्म पनि महसुल चुक्ता नगरेका उपभोक्ताहरूको बिद्युत् नै कटौती गरिदिने अभियान थालेको छ ।

विद्युतीय महसुलको मोटो रकम उठ्न बाँकी रहेकाले ६० दिन भित्रमा महसुल नतिरेमा विद्युत् नै काटिने र तिरेपछि मात्रै विद्युत् जडान गर्ने तीव्रताका साथ काम भइरहेको पर्वत वितरण केन्द्रका निमित्त कार्यालय प्रमुख प्रकाश काफ्लेले बताए ।

Advertisement

अभियान सुरु गर्नासाथ सदरमुकाम कुश्माबजार एरियाको केही ठाउँमा मात्रै २३ जनाको बिद्युत् कटौती गरिएको र तीमध्येका २० जनाले कार्यालयमा आएर बक्यौता भुक्तानी गरेका छन् ।

बिद्युत् काटिएका २० जनाबाट दुई लाख छ हजार ८० रुपैयाँ असुल भएको पनि निमित्त कार्यालय प्रमुख काफ्लेको भनाई छ । अहिलेसम्म बिद्युत् काटिएकाहरूमा घरमा जोडिएका व्यक्तिगत लाइन, फार्म र उद्योग रहेका छन् ।

Advertisement

ती २० जनामा सरकारी कार्यालय नपरेको बताउँदै उहाँले एरिया अनुसार जाँच गर्दै जाँदा क्रमशः सरकारी कार्यालयको समेत बक्यौता देखिन सक्ने र त्यस्तो पाइएमा सरकारी कार्यालय वा अन्य संस्थाको समेत बिद्युत् सेवा अवरुद्ध हुनसक्ने बताए।

सदरमुकाम कुश्माबाट सुरु गरिएको यो अभियानलाई कडाइका साथ जिल्लाकै सबै स्थानीय तहमा समेत कार्यान्वयन गर्न लागिएको छ । महसुल समयमा नै तिरेमा उपभोक्ताको लागि छुट सुविधा हुँदा समेत उपभोक्ताले समयमा महसुल नतिरेर विद्युत् नै काटिने अवस्थामा पुग्नु नराम्रो भएको निमित्त कार्यालय प्रमुख काफ्लेले बताए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top