×

NEPAL TIMES UPDATES

Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026

प्रदिप ज्ञवालीकाे प्रश्न: एमसीसी सही थियो भने किन पास गर्न नसकेको ?

१ आश्विन २०७८

१ असोज, काठमाडौँ ।
नेकपा(एमाले)का स्थायी कमिटी सदस्य प्रदिपकुमार ज्ञवालीले आफुहरुको सहयोगबिना संसदबाट एमसीसी पास गर्न चुनौती दिएका छन् । शुक्रवार काठमाडौंमा आयोजित ‘नयाँ सरकारको कुटनीतिक अभिमुखिकरण ः सम्भाव्य विश्लेषण’ विषयक विचार गोष्ठिमा बोल्दै नेता ज्ञवालीले वर्तमान सरकार सँग बहुमत रहेकाले प्रतिपक्षी दलको सहयोग बिना एमसीसी संसदबाट पास गर्न चुनौती दिएका हुन् ।

विगतमा एमाले नेतृत्वको सरकारले एमसीसी पास गर्न खोज्दा वर्तमान सत्ता गठबन्धनकै दलहरुले सडकमा आगो बालेको भन्दै सम्झौता गलत भए किन सम्झौता गरेको भन्ने प्रश्न समेत गरे । उनले सम्झौता सही थियो भने संसदबाट पास गर्न किन रोकिएको हो भन्ने प्रश्न पनि गरे । एमसीसी पास गर्न प्रतिपक्षको सहयोग मागेको भन्दै उनले अब सरकारले संसदमा प्रस्ताव ल्याएपछि मात्रै आफुहरुको धारणा सार्वजनिक गर्ने स्पष्ट पारे । उनले भने – ‘त्यो सम्झौता ठिक थियो भने अघिल्लो सरकारले यसलाई अगाडी बढाऔँ भनेकै हो । किनभने दुई देशबीचको सम्झौताहरु भइसकेपछि सरकार आएपिच्छे फेर्दै जाने हो भनेदेखि त त्यो त कहिल्यैपनि दुई देशबीचका सम्बन्धहरु दिगो हुन सक्दैनन् । सरकार भनेको एउटा अविछिन्न उत्तराधिकारीवाला संस्था हो । अघिल्लो सरकारले गरेको भएपनि यसलाई अगाडी बढाआँै भन्दा आगो बाल्नु भो उहाँहरुले । सम्झौता गर्ने उहाँहरु गाली खाने केपी ओली । सम्झौता गर्ने उहाँहरु गाली खाने हामी त्यतिबेलाका सरकारमा रहेका मान्छेहरु । यदी त्यो गलत थियो भने सम्झौता किन गर्नुभो तपाईहरुले ? यदी सहि थियो भने त्यसलाई पास हुनबाट रोक्नु भो किन तपाईहरुले ? अनि आज प्रतिपक्षको सहयोग खोजिरहनुभएको छ । आज उहाँहरु सँग संख्या छ उहाँहरुले अगाडी बढाउने हो भने अगाडी बढाए हुन्छ । जे भन्नुपर्ला प्रस्ताव आइसकेपछि त्यति नै बेला हामिले आफ्नो पोजिसनहरु क्लियर गरौँला ।’

Advertisement
Advertisement

सरकारका कारण चीनसँग चिसोपना बढ्यो
नेता ज्ञवालीले एमसीसीलाई आन्तरिक राजनीतिको किचलोको विषय बनाउनु नहुने बताए । यसले छिमेकी राष्ट्रहरुमा देशको विश्वसनीयतालाई कमजोर गराउने उनको तर्क छ । उनले सरकारले लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समस्याको रुपमा लिएको भन्दै सीमा समस्या नै नभएको चीनसँग भने सिमा समस्या देखाएर सम्बन्धमा चिसोपन निम्त्याउने काम गरेको बताए ।उनले भो – ‘जहाँ समस्या छ, त्यहाँ समाधान नखोज्ने । त्यहाँ पहल नगर्ने । जहाँ समस्या छैन त्यहाँ एकतर्फी ढंगले हल्लाखल्ला गरेर सीमा मिचिएको पहिल्यै निष्कर्ष निकालेर, पहिलै निष्कर्ष निकालीसक्नु भो उहाँहरुले । यो नियमित अनुगमन त होईन । पहिलै मिचिएको निष्कर्ष निकालेर जे गर्नुभएको छ यो वर्तमान सरकारले दुई देशबीचको सम्बन्धलाई अनावश्यक चिसोपन निम्त्याउने काम गरेको छ ।’

नेता ज्ञवालीले दुवै छिमेकी राष्ट्रहरुसँग सन्तुलित र परिपक्व सम्बन्ध राखेर अघि बढ्नुपर्ने बताए ।

Advertisement

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top