करिश्मालाई ओलीकाे फाेन : परीक्षा कस्ताे भइरहेको छ ?

२ असाेज, काठमाडौं ।

कक्षा १२ को परीक्षामा व्यस्त रहेकी अभिनेत्री करिश्मा मानन्धरलाई पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले फोन गरेका छन् ।

परीक्षाको चटारोले उनी सितिमिति फोन उठाउँदिनन् । नयाँ नम्बरबाट फोन आयो भनेपनि उनी ट्रु कलर एपबाट जानकारी लिएर मात्र उठाउँछिन् ।

शुक्रबार राती ९ बजेर ५३ मिनेटमा आएको फोनले भने उनलाई छक्क तुल्याइदियो । ट्रु कलरमा देखायो, ‘केपी शर्मा ओली इज कलिङ…’

ओलीले करिश्मालाई फोन गरेर परीक्षाबारे सोधेका थिए । करिश्माले ओलीसँगको संवादबारे सामाजिक सञ्जलामार्फत जानकारी गराएकी छन् । साथै उनले आफूलाई विश्वास नलागेको उल्लेख गरेकी छन् ।

‘सुरुमा मजाक हो कि भन्ने लाग्यो तर उहाँ हाम्रो देशको पूर्वप्रधानमन्त्री हुनुहुन्थ्यो’ करिश्मा लेख्छिन्, ‘उहाँको आवाज सुन्दा घरको मुलीले छोराछोरीलाई गरेजस्तो सुनिन्थ्यो ।’

उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘सुरुमा विश्वास लागेन, अनि उहाँले सुनाएको डुङ्गाको कथा सुनेर लाग्यो यो हाम्रो केपीजी हो ।’ उनले ओलीलाई बुवाको सम्बोधन गर्दै लेखेकी छन्, ‘आधुनिताको यो दौडमा सद्भाव र मायाको दूरी मेटाउन यत्रो ठूलो भएर पनि सामान्य कलाकारलाई कल गरिदिनुभएकोमा धन्यबाद केपी बुवा ।’

करिश्माले ओलीको फोनलाई पुष्टि गर्न मोबाइलको स्क्रिनसट समेत सेय गरेकी छिन् ।

यस्ताे छ करिश्माकाे फेसबुक स्टाटस:

फोन आउँदा मेरो मोबाइल स्क्रिनमा केपी शर्मा ओली आयो, म छक्क परे । मजाक हो कि भन्ने पनि लाग्यो । तर, उहाँ हाम्रो देशको पूर्वप्रधानमन्त्री हुनुहुन्थ्यो । उहाँको आवाज सुन्दा घरको मुलीले छोराछोरीलाई गरे जस्तो सुनिन्थ्यो ।
‘करिश्मा परीक्षा कस्तो भैरहेको छ ?’
‘हजुर ठिक छ सर, तपाई केपी ओली ?’
‘अँ हो, विश्वास लागेन ?’
‘लागेन सर ।’
अनि उहाँले सुनाएको डुङ्गाको कथा सुनेर लाग्यो यो हाम्रो केपीजी हो । आधुनिकताको यो दौडमा सद्भाव र मायाको दूरी मेटाउन यत्रो ठूलो मान्छे भएर पनि सामान्य कलाकारलाई कल गरिदिनु भएकोमा धन्यवाद केपी बुवा ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top