जोरपाटीबाट करिब पाँच लाख रुपैयाँसहित २० जना जुवाडे पक्राउ

Share this
753shares

२ असोज, काठमाडौं ।

Advertisement

काठमाडौंको जोरपाटीबाट झण्डै पाँच लाख रुपैयाँसहित २० जना जुवाडे पक्राउ परेका छन् ।

गोकर्णेश्वर नगरपालिका-५ जोरपाटीस्थित चामुण्डागेटमा रहेको तिव्वतियन क्याम्पभित्रको घरबाट उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरूमा केही महिला पनि रहेका छन् ।

Advertisement

पैसामा हार–जित हुने गरी अवैध रुपमा जुवातास खेली खेलाइ रहेको प्राप्त गोप्य सूचनाको आधारमा वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले गए राति तिब्बतीयन क्याम्पभित्र रहेको धावा ढुण्डुपको घरमा छापा मारेको थियो ।

पक्राउ परेका उनीहरुको साथबाट चार लाख ७५ हजार रुपैयाँ, २० बुक तास, क्यासिनोमा प्रयोग हुने चार सय ६४ थान क्वाइन, २८ वटा चेक र कौडा पनि बरामद गरेको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top