×

NEPAL TIMES UPDATES

Playing
काठमाडौं आएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?|| Nepal Times
Apr 22, 2026
Playing
बाब अल–मन्डेब इरानको नयाँ हतियार, ट्रम्पनीतिको विरुद्धमा नयाँ ‘कार्ड’|| Nepal Times
Apr 22, 2026
Playing
हर्क साम्पाङले देखाइरहेको राजनीतिक परिपक्कता || Nepal Times
Apr 22, 2026
Playing
दीपक साहलाई “राइट टु रिकल”, सुदन गुरुङलाई.............. ?|| Nepal Times
Apr 22, 2026
Playing
इरान, टर्कीए र यूएईका १४ संस्था र व्यक्तिमाथि अमेरिकी प्रतिबन्ध|| Nepal Times
Apr 22, 2026
Playing
ट्रम्प–पुटिन–नेतन्याहु विश्वकै सबैभन्दा ’ठूला पीडक’ || Nepal Times
Apr 21, 2026
Playing
रविलाई आएकै दिन भेटेका कपुरले बालेनलाई जाने बेलामा भेट्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
दुई मुद्दामा सरकारको बोली एक, वास्तविकता अनेक || Nepal Times
Apr 21, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 21, 2026
Playing
के हो रास्वपाको अमेरिकी कनेक्सन ? || Nepal Times
Apr 21, 2026

गणेशमान सिंहको त्यो प्रण, जुन आजका नेतामा पाइँदैन

२ आश्विन २०७८

२ असाेज, काठमाडाैँ ।

नेपाली कांग्रेसका संस्थापक नेता गणेशमान सिंहकोे २५औँ स्मृति दिवस । शनिबार विविध कार्यक्रम गरी मनाइँदैछ । उनको ८२ वर्षको उमेरमा २०५४ साल असोज २ गते निधन भएको थियो । तात्कालिन सरकारले उनको निधनमा तीनदिनसम्म राष्ट्रिय शोक मनाउने घोषणा गरेको थियो । यसअघि तात्कालिन श्री ५ को सरकारले कुनै पनि सरकारी पदमा नभएको र राजनीतिज्ञको सम्मानमा शोक मनाउने घोषणा गरेको थिएन । यो घोषणा नै पहिलो थियो ।

Advertisement
Advertisement

जनआन्दोलन पश्चात तात्कालिन राजा वीरेन्द्रको प्रधानमन्त्री बन्ने आग्रहलाई आश्विकार गरी आफ्ना मित्र कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्री बनाएपछि उनलाई लौहपुरुषको उपाधि दिइएको थियो । जनआन्दोलन पछिको अन्तरिम सरकारको (२०४७ साल वैशाख) प्रधामन्त्री पद लिन राजा बीरेन्द्र आग्रह हुँदा सिंहले अस्वीकार गरेका थिए । सिंहको जन्म वि.सं. १९७२ साल कात्तिक २४ गते काठमाडौँको यट्खामा भएको थियो । नेपाली कांग्रेसका संस्थापक नेता गणेशमान सिंहलाई लौह पुरुष र त्यागी नेताका रुपमा चिनिन्छ ।

राणा शासनको अन्त्यका लागि ज्यानको वाजी लगाएका सिंह जीवन पर्यन्त प्रजातन्त्र र मानवअधिकारका पक्षमा लडे । उनले कही कसैसंग संझौता गरेनन् । आजीवन कारावास सजाय भोगी रहेका सिंहले राणाकालमा ६०१ कोर्रा लगाउँदा समेत माफी मागेनन् बरु जेल तोडेर भागे । प्रजातन्त्रको लडाईमा सिंगो जीवन अर्पण गरेका सिंहले २०४६ सालको आन्दोलनको नेतृत्व गरे । आन्दोलन सफल भएपछि प्रधानमन्त्री बन्न राजाले गरेको आग्रह अस्वीकार गरी त्यागको उच्चतम नमुना समेत बने । जीवनकालमा एक पटक २०१२ सालमा पार्टी सभापतिका लागि प्रतिपर्धा गरे । पराजित भएपछि फेरी कहिल्यै उम्मेद्वारी दिएनन् । नेपालका बरिष्ठ राजनीतिज्ञ, प्रजातन्त्रका योद्धा तथा २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमान्डर सिंह काठमाडौँको खानदानी परिवारमा जन्मेका गणेशमान सिंहले १९९७ सालमा स्थापना भएको नेपालको पहिलो राजनीतिक पार्टी प्रजा परिषद्को सदस्य भई राणा शासन हटाउन राजनीतिमा होमिए । उनी तत्कालीन ‘’राणा हटाऊ’’ आन्दोलनका एक नायक थिए । भारतमा अर्का नेता बीपी कोइरालासँग राजनीतिक सम्बन्ध विकसित हुनासाथ अन्य केही सहयोगीसाथ २००३ सालमा स्थापित नेपाली कांग्रेसलाई आजीवन जुझारू नेतृत्व दिन गणेशमानको उल्लेखनीय भूमिका रहेको छ । २००७ सालको क्रान्तिका एक अगुवाका रूपमा उहाँले वीरगञ्ज मोर्चामा सशस्त्र संघर्ष गरेका थिए ।

संघर्षका हिसाबले बीपी कोइरालाभन्दा बढी समयसम्म देशमा प्रजातन्त्र बहाली र पुनर्बहालीका लागि समर्पित गणेशमान सिंह सैद्धान्तिक हिसाबले बीपीका अनुयायी र सबैभन्दा ठूला समर्थकका रूपमा नेपाली कांग्रेसलाई लोकप्रिय बनाउन सदा क्रियाशिल रहे । पहिलो जननिर्वाचित सरकारमा वरिष्ठ मन्त्री रहेका गणेशमानले २०१७ सालमा प्रजातन्त्र अपहरण भएपछि ८ वर्ष निरन्तर काराबास भोग्नुपर्याे । त्यसपछि पुनः प्रबासमा राजनीतिक सङ्गठन विस्तार गरी २०३३ सालमा बीपीसँगै राष्ट्रिय मेलमिलापको नारा लिई स्वदेश फर्केर तत्कालीन पञ्चायती व्यवस्था विरुद्ध सक्रिय रहे । २०१५ मा सम्पन्न मुलुकको पहिलो संसदीय निर्वाचनमा काठमाण्डौं क्षेत्र नं १ बाट विजयी भएका सिंह त्यसपछि कहिल्यै चुनाव उठेनन् । त्यो चुनावमा नेपाल कम्युनिष्ट पार्टीका महासचिव पुष्पलाललाई झिनो मत अन्तरमा हराएर उनी विजयी भएका थिए । त्यही बेला देखी उनले फेरी कुनै पनि चुनावमा प्रतिष्पर्धा नगर्ने प्रतिज्ञा गरेका थिए । त्यो निर्वाचनमा नेपाली कांग्रेसले कुल १०९ मध्ये ७४ सिटका साथ दुई तिहाईको जीत हासिल गरेको थियो ।

बीपी कोइरालाको नेतृत्वमा गठित सरकारमा गणेशमान सिंह यातायात मन्त्री बने । तिनै ताकाको कुरा हो । नेपाली कांग्रेस भक्तपुरका दर्जन नेता सिंहलाई सगुन सहित बधाई दिन भनेर उनको चाक्सिवारी स्थित निवासमै पुगेका थिए । बधाई दिन जाने टोलीका एक सदस्य हुनुहुन्थ्यो, नेपाली कांग्रेसका पुराना नेता तिलक प्रकाश कायस्थ । त्यो दिन सगुन दिन जाँदाको अनुभव नेता कायस्थले यसरी सुनाए । ‘‘गणेशमानजी मन्त्री भएपछिको कुरा हो । भक्तपुरसंग ज्यादै नजिकको सम्वन्ध भएको नाताले हामी पन्ध्र सोह्र जना साथीहरु सगुन दिन भनेर उहाँको चाक्सिवारी स्थित घरमै गएका थियौं । त्यही बेला उहाँले भन्नु भएको थियो । ह्या तपाईहरु पनि के को वधाई र सगुनको कुरा गर्नु हुन्छ । मैले जितेको भनेर तपाईहरुले यो सगुन दिन ल्याउनु भएको होला । प्राविधिक रुपमा जितेको भएपनि बास्तवमा म त हारेको व्यक्ति हु । १८ हजार भोट मेरो विरोधमा खसेको छ । मैले १२ हजार मत मात्र पाए । म आफूलाई जितेको भनू की हारेको । प्रकृयागत रुपमा जिते पनि बास्तविक रुपमा म हारेकै हो । त्यसपछि गणेशमानजीले काठमाडौंवासीलाई नराम्रो संग गाली गर्नुभयो ।’’

उनको भनाई थियो ‘‘यी दास भैरहेका उपत्यकावासीलाई उद्दार गर्नु पर्छ भनेर मैले ज्यानको वाजी लगाए । कहिल्यै चैनसंग वस्न पाइन । राणा शासन फाल्न ज्यानको वाजी लगाए । राणाहरुले उहिल्यै मार्न खोजेका हुन् । बालबाल बचे । मेरो त्यो त्याग काठमाडौंबासीले चिनेको यही हो । मेरो भोट चाँही मलाई १२ हजार आयो । अस्ति मेरो सिन्दुर जात्रा गर्दा लाखौं मानिस । यस्ता पनि जनता हुन्छन् । जसलाई दासतावाट मुक्त गरेर मानिस बनाउन मैले लडे, उनीहरुले नै मेरो मूल्याङकन गर्न सकेनन् । हिजो मलाई मत नदिने । अहिले जिते पछि मेरो हाई हाई । लड्दा वाई वाई । यो स्थिती भएकाले मैले जितेको होइन ।’’ त्यही बेला गणेशमानजीले भन्नु भएको थियो ‘‘हेर्नुस् म आईन्दा कुनै चुनाब पनि लड्दिन र कुनै सरकारी पदमा पनि जान्न ।’’ कायस्थले सम्झिनु भयो ‘‘त्यसै बेला उहाँले प्रण गर्नु भएको थियो ।’’

त्यसपछि गणेशमानजीसंग पटक पटक भेट त भयो तर यसरी खुलेर कुरा गर्ने बातावरण पाइएन । जननिर्वाचित सरकारले राम्रै काम गरि रहेको थियो । राजा महेन्द्रले २०१७ पुष १ गते संसदीय प्रजातन्त्र माथि कु गरे । बीपीसंगै गणेशमानजीलाई ८ वर्ष सुन्दरीजल वन्दीगृहमा राखियो ।

आठ वर्षसम्म उनी भारत प्रवासमा रहे । प्रजातन्त्र वहालीका लागि संघर्ष गरे। गणेशमानजीकै नेतृत्वमा २०४६ सालमा भएको जनआन्दोलनले ३० वर्षे पञ्चायती व्यवस्थाको अन्त्य ग¥यो । त्यो बेला अन्तरिम सरकारको प्रधानमन्त्री बन्न राजाबाट भएको आग्रह उनले अस्वीकार गरिदिए । गणेशमानजीलाई सर्वमान्य नेता कांग्रेसले भनेको पनि होइन, पहिला सहाना प्रधानले प्रस्ताव गरे। मनमोहन अधिकारीले समर्थन गरे । यसरी उनी सर्वमान्य नेता भएका हुन् ।यसरी राजा, कांग्रेस र कम्युनिष्टले समेत तपाई प्रधानमन्त्री भैदिनु प¥यो भन्दा समेत नाई मेरो स्वास्थ्यले साथ दिदैन भनेर इन्कार गरे र किसुनजीलाई प्रधानमन्त्रीमा प्रस्ताव गरे। गणेशमानजीले प्रधानमन्त्री पद छोड्ने निर्णय तत्काल गरेका हाइनन्, त्यो प्रण उनले २०१६ सालमै गरि सकेका थिए ।

Advertisement

भर्खरको समाचार

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

सम्बन्धित खबरहरु

Scroll to Top