संसदको कामबाट म आफैं पनि सन्तुष्ट छैन : सभामुख सापकोटा

२ असोज, काठमाडौं ।

सभामुख अग्निप्रसाद सापकोटाले संसदको कार्यसम्पादनबाट आफू पनि सन्तुष्ट हुन नसकेको बताएका छन् । शनिबार राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले गरेको कार्यक्रममा उनले यस्ताे बताएका हुन् । उनले संसदको कार्यसम्पादनमा सुधार गर्नुपर्ने धेरै ठाउँ रहेको बताए ।

उनले भने, ‘संसदको प्रभविकारिताको कुरा गर्ने हो भने म आफैं पनि पूर्ण सन्तुष्ट छैन । कार्यसम्पादनमा कति चुस्त कति वैज्ञानिक सुधार गर्नुपर्नेछ । इमानका साथ म यसमा केन्द्रित हुन्छु ।’

आफू सभामुख भएको दुई वर्षको अवधिमा दलहरुम आन्तरिक लोकतन्त्र कमजोर भएको देखेको पनि उनले बताए । सापकोटाले लोकतन्त्र भनेको अरुलाई उपदेश दिने विषय नभई आत्मसात गर्ने र व्यवहारमा प्रयोग गर्ने विषय भएको बताए ।

कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले संविधान कार्यान्वयनका लागि जनताले अनुभूत गर्ने गरी काम गर्नुपर्ने बताए । उनले भने ‘त्यसमा हामी सांसदहरु बढी जिम्मेवार छौं । इतिहासको कठघरामा आनन्दित हुन अहिलेको काम गराइले सकिदैन ।’

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top