मल्कवाङमा तामाखानीको सम्भाव्यता अध्ययन

१ असोज ७८, शनिबार

२ असाेज, म्याग्दी ।

धौलागिरि गाउँपालिका–५ मल्कवाङस्थित तामाखानीको सम्भाव्यता अध्ययन गरिएको छ । एक शताब्दीअघि बन्द भएका तामाखानीको संरक्षण र उत्खनन् गर्न खानी तथा भूगर्भ विभागले अध्ययन प्रक्रिया थालेको हो ।

दुई चिनियाँ प्राविधिकसहितको टोलीले खानी रहेका ठाउँको अध्ययन गरेको मल्कवाङका वडाध्यक्ष खर्ककुमारी छन्त्यालले जानकारी दिए । “टोलीले भौगोलिक अवस्था र सुरुङबारे अध्ययन गरेको छ”, उनले भने, “थप अध्ययनका लागि उपकरणसहित टोली फेरी आउने छ ।” टोलीले मल्कवाङको ओखरबोट, हिलेखानी र खवाङस्थित तामाखानीको अध्ययन गरेको छ ।

बन्द तामाखानी हाल बेवारिसे अवस्थामा छन् । मल्कवाङ नजिकै तामा उत्खनन् गर्न खनिएका दर्जनाैँ सुरुङ संरक्षणको अभावमा बाढीले पुरिँदै छन् । सरकारले तामाखानीको संरक्षण, अनुसन्धान, व्यवस्थापन र उत्खननप्रति चासो देखाएपछि स्थानीयवासी उत्साहित छन् । स्थानीय लालबहादुर छन्त्याल आफ्नो समुदाय परम्परागत पेशामा पुनः फर्किने बताउँछन्। तामाखानी उत्खनन् गरिए नयाँ पुस्तामा प्रविधि, ज्ञान र सीप हस्तान्तरण हुने उनको विश्वास छ । विगतमा मल्कवाङको खानीबाट उत्खनन् भएको तामालाई दलित समुदायले आरनमा प्रशोधन गरेर भाँडाकुँडा बनाई म्याग्दी, बागलुङ, पर्वत, कास्कीलगायत ठाउँमा लगेर बिक्री गरी जीविकोपार्जन गर्दै आएका थिए ।

धातुका सिक्का बनाउनसमेत तामा प्रयोग हुने गर्दथ्यो । तामाखानीको सम्भाव्यता अध्ययनसँगै उत्खनन्को वातावरण बन्नेमा स्थानीय अमर छन्त्याल ढुक्क छन् । गुर्जा, मच्छिम, कुइँनेमङ्गले र ओखरबोटमा समेत तामाखानी छ । खानी उत्खनन् र सुरुङ खन्नका लागि आधुनिक उपकरण तथा प्राविधिको विकास, विद्युत् र सडक पूर्वाधारको पहुँच विस्तार भएकाले सजिलो हुने अपेक्षा गरिएको छ । तामाखानीको सम्भाव्यता अध्ययनका लागि गाउँपालिका र जनप्रतिनिधिले पहल गरेका थिए । तामाखानी सञ्चालन गर्न सकेमा रोजगारी सिर्जना हुने वडाध्यक्ष छन्त्यालको भनाइ छ ।

रासस

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top