२ असोज, एजेन्सी।
एएफसी महिला एसियन कप–२०२२ छनोट अन्तर्गत फिलिपिन्स विरुद्धको खेलमा नेपालले १०औं मिनेटमा एक गोलको अग्रता लिएको छ ।नेपालको तर्फबाट विमला चौधरीले हेडमार्फत उत्कृष्ट गोल गरेकी हुन् ।
समूह एफमा रहेका नेपाल र फिलिपिन्स बीचको खेल उज्वेकिस्तानको जेएआर स्टेडियममा भइरहेको छ । फिफा वरीयतामा नेपाल १०१औं स्थानमा रहेको छ भने फिलिपिन्स ६८औं स्थानमा रहेको छ ।
समूहको शीर्ष टोलीले २०२२ मा भारतमा हुने एसियन कप खेल्ने पाउने छ ।