ओली सरकारले एमसीसी बिगार्‍यो : प्रचण्ड

२ असाेज, जनकपुरधाम ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) केपी ओलीको प्रधानमन्त्रीकालमा तत्कालिन अर्थमन्त्रीले बिगारेको आरोप लगाएका छन् । जनकपुरधाममा अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्ताे आरोप लगाएका हुन् ।

तत्कालिन अर्थमन्त्रीले एमसीसी बिगारेर संसदबाट अनुमोदन गर्ने प्रावधान राखेको उनको भनाइ थियो । उनले भने, ‘एमसीसी वा कुनै पनि मित्र राष्ट्रसँग विकास नगर्ने भन्ने हुँदैन, बरु एमसीसी सम्झौता जस्तो ओरिजिनल थियो, त्यसलाई बिगारिएको छ, केपी ओलीको पालामा अर्थमन्त्रीले बिगारेर संसदबाट अनुमोदन गर्ने प्रावधान राखेसँगै विवादित भयो, यो संसदबाट अनुमोदन गर्ने प्रावधान राखेसँगै विवाद सुरु भयो ।’

यस्तै एमसीसीलाई अमेरिकाका केही मन्त्रीहरुले आफ्नो डकुमेन्टमा ईन्डो प्यासिफिक स्ट्राटेजीको अंग भनेपछि विवाद झन् चर्किको उनले बताए । उनले थपे, ‘अझ केपी ओलीको पालामा परराष्ट्रमन्त्री अमेरिका गएको बेलामा एउटा डकुमेन्ट के घोषणा भयो भने, आईपीएसको मेम्बर भएको घोषणा भएसँगै जनतामा गम्भीर किसिमको सवाल पैदा भएको छ, त्यसैले यी गलत ढंगबाट भएको घोषणा, पैसा र विकासको नाममा जे पनि लिन सकिँदैन, त्यसैले संशोधन र परिमार्जन भयो भने फेरि एमसीसी स्वीकार गर्न सकिन्छ ।’

एमसीसीमा परिमार्जन र संशोधन गरेर राष्ट्रिय सहमति बनाएर मात्र अगाडि बढाउन सकिने दाहालको भनाइ छ । तर हतार गर्न नहुने उनले बताए ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top