क्यानद्धारा सात प्रदेशमा १० प्रशिक्षक नियुक्त

२ असोज ७८, आइतबार

२ असाेज, काठमाडौं ।

नेपाल क्रिकेट संघ (क्यान) ले सातै प्रदेशमा प्रशिक्षक नियुक्त गरेको छ ।

क्यानले प्रदेश दुई, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा दुई दुई प्रदेश प्रशिक्षक नियुक्त गरेको छ भने अन्य बाँकी चार प्रदेशमा एक एक प्रशिक्षक नियुक्त गरेको छ । प्रदेश प्रशिक्षक नियुक्तिको लागि आवेदन मागेको १३ महिनापछि क्यानले प्रदेश प्रशिक्षक नियुक्त गरेको हाे ।

क्यानले प्रदेश १ मा नेपालबाट अन्तर्राष्ट्रिय यू१९ खेलेका पुष्प थापालाई नियुक्त गरेको छ । पुष्पले गतवर्ष देखि घरेलु क्रिकेट छाडेका थिए । लामो समय सम्म प्रदेश एकबाट उनले घरेलु क्रिकेट खेलेका थिए ।

प्रदेश दुईमा क्यानले प्रकाश शर्मा र सुनिल कुमार शाहलाई नियुक्त गरेको छ । बागमती प्रदेशको प्रशिक्षकमा सन्जय महर्जन नियुक्त भएका छन् । गण्डकी प्रदेशमा रिजन प्रजुलाई नियुक्त गरेको छ । लुम्बिनी प्रदेशमा नेपाली यू१६ प्रशिक्षक समालि सकेका वसन्त शाही ठकुरी र जमिल अन्सारीलाई नियुक्त भएका छन् । कर्णाली प्रदेशमा विरेन्द्र शाही, सुदूरपश्चि प्रदेशमा खेमराज भट्ट र जानकी भट्टलाई नियुक्त गरेको छ ।

क्यानले गत जेठमानै १६ प्रशिक्षकको अन्तरवार्ता लिइसकेको थियो । क्यानले गतवर्ष भदौमा नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षक सहित सातै प्रदेश प्रशिक्षक नियुक्त गरेको थियो । प्रशिक्षक पदका लागि कुल २४ प्रशिक्षकले आवेदन दिएका थिए । क्यानको आवेदन अनुसार प्रदेश प्रशिक्षकमा कम्तिमा लेभल एक क्रिकेट कोचिङ गरेको र २५ देखि ५५ सम्म उमेर भएको नेपाली नागरिक हुनुपर्ने भनेकाे थियाे ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top