प्रधानमन्त्री देउवाले भने, ‘सहमति र सहकार्यबाट संविधान कार्यान्वयन गरिनेछ’

३ असोज, काठमाडौं ।

प्रधानमन्त्री शेरबहादुर देउवाले सहमति र सहकार्यबाट संविधानको कार्यान्वयनलाई अघि बढाउने बताएका छन् ।

संविधान तथा राष्ट्रिय दिवस २०७८ विशेष समारोहलाई टुँडिखेलमा सम्बोधन गर्दै देउवाले संविधानको सफल कार्यान्वयन गर्दै विकास समृद्धि कायम गर्नु प्रमुख लक्ष्य रहेको बताए ।

‘दिगो शान्ति कायम गरी संविधानको पूर्ण पालना गर्नु कर्तव्य हो । नागरिकको जिउधन रक्षा सरकारको मुख्य लक्ष्य हो,” उनले भने ।

देउवाले चैत मसान्तभित्र सबै नेपालीलाई पूर्ण खोप लगाउने लक्ष्य सरकारले लिएको पनि जानकारी गराए ।

राजनीतिक परिवर्तनप्रतिको नेपाली जनातको चाहना यस संविधानबाट सम्बोधन भएको उल्लेख गर्दै देउवाले संविधानको रक्षा एवं कार्यान्वयनमा प्रतिबद्ध रहेको बताए ।

‘यसको सफल कार्यान्वयनबाट आर्थिक र सामाजिक रुपान्तरण गरी समृद्धितर्फ अघि बढ्न सबैले संकल्प गरौं । नेपाल सरकार प्रतिबद्ध छ,’ उनले भने ।

संविधानको कार्यान्वयनका लागि आवश्यक कानुन परिमार्जन गर्दै जाने उल्लेख गर्दै देउवाले सहमति सहकार्यबाट अघि बढ्ने र न्याय समानतासहहित सबल नेपालको निर्माण गरिने बताए । नागरिकका इच्छा आकांक्षा सम्बोधन गर्दै सबै समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो ।

‘भौगलिक अखण्डता, स्वाधिनता, सुशासनमा सरकार प्रतिबद्ध छ । व्यवहारमा उतार्न अधिकतम प्रयास गरिनेछ,’ उनले भने । प्रधानमन्त्री देउवाले मुलुकको अर्थतन्त्र गतिशील बनाउन सातौ संविधान दिवसले शक्ति र प्रेरणा देओस् भनि प्रार्थना गरे ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top