नेपालमा आज थप ७३४ जनामा कोरोना पुष्टि, १४१३ जना संक्रमण मुक्त

३ असोज, काठमाडौं ।

Advertisement

पछिल्लो २४ घण्टामा नेपालमा ७३४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ७ हजार ३०४ र एन्टिजेन विधिबाट २ हजार ७०९ जनामा परिक्षण गर्दा ७३४ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ७ लाख ८४ हजार ५६६ र एन्टिजेनबाट ८८ हजार ९६८ जना पुगेको छ ।

Advertisement

यस्तै, आज थप १४१३ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ७ लाख ४९ हजार २१३ जना पुगेको छ । आज संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार ४० पुगेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top