सातै प्रदेशमा एमालेभन्दा एकीकृत समाजवादी बलियो : नेपाल

३ असोज, काठमाडौं ।

Advertisement

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सातै प्रदेशमा एमालेभन्दा आफ्नो पार्टी बलियो रहेको दाबी गरेका छन्।

संविधान दिवसका अवसरमा आज (आइतबार) पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भने, ‘एक हप्ताभित्र प्रदेश १ र वाग्मती प्रदेशका मुख्यमन्त्री हटाउने सोचिरहेका छौं।

Advertisement

उनले सुदूरपश्चिममा एकीकृत समाजवादी एक नम्बर पार्टी भएको उल्लेख गर्दै उनले प्रदेश २ मा एमालेलाई पछि धकेलेर आफ्नो पार्टी अघि उभिएको बताए। कर्णाली प्रदेशमा पनि एकीकृत समाजवादीले टक्कर दिएर एमालेलाई धूलो चटाइदिएको उनको भनाइ थियो।

गण्डकी प्रदेशमा आफू पक्षधर नेताकार्यकर्तालाई चुनावमा उठ्नै नदिइएको उनले बताए। आफूहरूको पार्टीमा ९ प्रतिशत, ५ प्रतिशत छ भनेर झूटा प्रचार भइरहेको उल्लेख गर्दै उनले त्यसप्रति विश्वास नगर्न आग्रह गरे।

Advertisement

उनले तत्काल एमालेमा फर्कने वा अन्य कुनै पार्टीसँग एकता गर्ने सम्भावना नरहेको बरु आफ्नै शक्तिको भरमा अगाडि बढ्ने उनको भनाइ थियो। एमालेमा फर्केर जाने कुरा सोच्दै नसोच्न उनले नेताकार्यकर्तालाई आग्रह गरे। ‘हामी यो पार्टीलाई अब्बल बनाउनेछौं, अगाडि बढाउने छौं,’ उनले भने।

माओवादीसँग एकता नहुने भन्ने कुरा पनि हल्ला मात्र भएको उनले स्पष्ट पारे।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top