ओमानविरुद्ध नेपाललाई छैटौँ सफलता

२ असोज ७८, आइतबार

३ असोज, काठमाडौँ ।

Advertisement

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय शृंखलामा घरेलु टोली ओमानविरुद्ध नेपालले उत्कृष्ट गरेको छ ।

अल अमिरात क्रिकेट मैदानमा टस जितेर घरेलु टोलीविरुद्ध फिल्डिङ रोजेको नेपाललाई छैटौँ सफलता मिलेको छ । नेपालका लागि स्पिनर सन्दीप लामिछाने र करण केसीले समान ३÷३ विकेट लिएका छन् ।

Advertisement

सन्दीपले मोहम्मद नामिदलाई ४ रन, सुरज कुमार र नेष्ठर धम्बालाई शून्य रनमा आउट गरेका हुन् ।

त्यसअघि करणले ओमानका ओपनरद्वय जतिन्दर सिंहलाई १३ रनमा आशिफ सेखबाट र सुफ्यान मेह्मुदलाई ४ रनमा सुशान भारीबाट क्याच आउट गराए थिए भने आयान खानलाई ७ रनमा बोल्ड आउट गराएका थिए ।

Advertisement

हाल ओमान १५ ओभरमा ६ विकेट गुमाउँदै ४८ रन बनाएर खेलिरहेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top