बलात्कारको उजुरी दिने भन्दै ५० लाख बार्गेनिङु तीन महिला पक्राउ

३ असोज ७८, सोमबार

३ असोज, दाङ ।

Advertisement

दाङमा प्रहरीले आपराधिक लाभ (एक्सटर्सन) लिन नहुने कसुरमा तीन महिलालाई पक्राउ गरेको छ ।

रक्सी (बियर) र चिया खाएकै भरमा बलात्कारको उजुरी दिन्छु भनेर धम्की दिइ एक पुरुषसँग ५० लाखबाट बार्गेनिङ सुरु गरेर १८ लाख रुपैयाँमा टुङ्ग्याइ पैसा असुल्ने तीन महिलालाई पक्राउ गरी आज आइतवार सार्वजनिक गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।

Advertisement

पक्राउ पर्नेमा घोराही उपमहानगरपालीका १५ की २२ वर्षीया सीतादेवी थापा, त्यही ठाउँकी ३५ वर्षीया खुमा वली र घोराही ५ की ३२ वर्षीया सुस्मा परियार रहेका छन् ।

पक्राउ परेकामध्ये सीतादेवी थापा बस्दै आएको डेरा÷कोठाबाट प्रहरीमा उजुरी दिने धम्की दिइ युवकबाट लिएको १७ लाख रुपैयाँको सिभिल बैंकको चेक एक थान र एक लाख रुपैयाँको एक थान चेक बरामद भएको प्रहरीले जनाएको छ । त्यही रकमको एक लाख रुपैयाँ थापाले ब्याजमा लगाइसकेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ ।

Advertisement

मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २१ को ठगी, अपराधिक विश्वासघात तथा अपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसुरको दफा २५३ को उपदफा १ र २ बमोजिम कसुर गरे तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिबाना हुने कानुनी प्रावधान छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top