सात औषधि पसल कारबाहीमा

काठमाडौं: सात औषधि पसल निलम्बनको कारबाहीमा परेका छन् । औषधि व्यवस्था विभागले शुक्रबार एक सूचना जारी गरेर साउनभित्र कारबाहीमा परेका पसलहरूको सूची सार्वजनिक गरेको हो ।

कारबाहीमा पर्ने औषधि पसलहरूमध्ये काठमाडौंका प्रवीण मेडिकल हल, नूतन फर्मा, चौलागाईं फर्मा, सर्वोच्च मेडिकल हल र ग्रिसा फार्मेसी छन् । ललितपुरको प्राकृतिक हर्वास्युटिकल्स प्रालि र पर्साको श्री भाजुरत्न फर्मा प्राइभेट लिमिटेड पनि हुन् । यी औषधि पसललाई ३० दिन निलम्बन गरिएको विभागले जनाएको छ ।

अनुमतिपत्र नवीकरण नगरेका भारतीय कम्पनीको औषधि आयात गरेकाले भाजुरत्न फर्मालाई निलम्बन गरिएको औषधि व्यवस्था विभागका प्रवक्ता सन्तोष केसीले जानकारी दिए । उनका अनुसार बाँकी ६ वटा औषधि पसललाई भने तालिम तथा शैक्षिक योग्यता नभएका व्यक्तिलाई औषधि बिक्री वितरणमा राखेका कारण कारबाही गरिएको हो ।

दक्ष जनशक्तिबिना औषधी बिक्री गर्नु भनेको ठूलो अपराध भएकाले सरकारले अनुमति दिएका र तालिम प्राप्त दक्ष जनशक्तिलाई मात्र बिक्रीवितरणमा खटाउनुपर्ने केसीको भनाइ छ । ‘तालिम तथा अध्ययन नगरेका व्यक्तिलाई औषधि बिक्रीमा खटाउँदा एउटा औषधिको सट्टा अर्को दिएर स्वास्थ्यमा गम्भीर असर हुने खतरा हुन्छ, यो ठूलो अपराध हो,’ उनले भने ।

नेपालमा यस्तै गैरकानुनी काम गर्ने करिब ३ सय औषधि पसल कारबाहीमा परिसकेको विभागले जनाएको छ। एकपटक निलम्बनमा परेका औषधि पसलहरूले पटक पटक यस्तो गैरकानुनी काम गरे औषधि बिक्रीको अनुपमतिपत्र नै खारेज गर्नेसम्मको कारबाही विभागले गर्ने प्रवक्ता केसीले बताए ।

नेपालमा पटक पटक यस्ता पसललाई कारबाही गरे पनि यस्ता अपराध भइरहेको प्रवक्ता केसीले बताए । कारबाही गरे पनि औषधि ऐनमै भएको कमीका कारण यस्तो गैरकानुनी कार्यले निरन्तरता पाएको उनको भनाइ छ ।,याे समाचार नागरिक दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top