अफगान किशोरीहरुले आफ्ना लागि विद्यालय खुला गर्न सङ्घर्ष गर्नुपर्छ : अधिकारकर्मी

४ असाेज, एजेन्सी ।

अफगानिस्तानका पूर्व सरकारी शान्ति वार्ता प्रतिनिधि मण्डलका सदस्य तथा महिला अधिकारकर्मी फवजिया कोफिले अफगानिस्तानका किशोरीहरूले आफ्नो विद्यालय जान पाउने अधिकारका लागि पुनः सङ्घर्ष गर्नुपर्ने बताएकी छन् ।

अफगान खामा प्रेस न्युज एजेन्सीका अनुसार किशोरीहरूले पढ्न पाउने अधिकारको प्रत्याभूत गराउन किशोरीहरूले सङ्घर्ष जारी राख्नु पर्ने र यसमा उनीहरूका शिक्षकले पनि साथ दिनुपर्नेमा उनले जोड दिएकी छन् ।

Advertisement

उनले थपिन्, “तालिबानले महिला अधिकारको संरक्षण गर्ने प्रतिज्ञा गरेको थियो तर उक्त समूहले आफ्ना प्रतिज्ञाहरू पूरा गरिरहेको देखिएको छैन ।”

यसैबीच संयुक्त राष्ट्र संघीय बाल कोष (युनिसेफ)ले अफगानिस्तानमा शनिबारदेखि विद्यालय पुनः सञ्चालन गर्ने कदमको स्वागत गरेको छ तर त्यसमा किशोरीहरू छुट्न नहुनेमा जोड दिएको छ ।

Advertisement

“हामी निकै चिन्तित छौं,” युनिसेफकी प्रमुख हेन्रिता फोरले शुक्रबारको एक वक्तव्यमा भनिन् । धेरै केटीहरूलाई यस समयमा फेरि अनुमति नहुन सक्छ ।”

फोरले भनिन्, “युनिसेफले पूरानो र नयाँ सबै राजनीतिक नेतृत्वसँग बालबालिकाको शिक्षाको अधिकारका दवाव जारी राख्नेछ जसबाट सबैले अफगान भूमिमा शान्तिपूर्णरूपले प्रगतिपथमा लम्कन मौका पाउन सकून् ।”

एएनआई

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

इरान युद्ध रोकियो, तेलको भाउ पनि घट्यो तर नेपालमा किन घटेन ?

petrol-pump-india_AFP

सम्बन्धित समाचार

Scroll to Top