×

NEPAL TIMES UPDATES

Playing
ट्रम्प–पुटिन–नेतन्याहु विश्वकै सबैभन्दा ’ठूला पीडक’ || Nepal Times
Apr 21, 2026
Playing
रविलाई आएकै दिन भेटेका कपुरले बालेनलाई जाने बेलामा भेट्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
दुई मुद्दामा सरकारको बोली एक, वास्तविकता अनेक || Nepal Times
Apr 21, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 21, 2026
Playing
के हो रास्वपाको अमेरिकी कनेक्सन ? || Nepal Times
Apr 21, 2026
Playing
६१ केन्द्रीय सदस्य देउवा पक्षलाई दिने भएपछि फुटबाट जोगियो कांग्रेस || Nepal Times
Apr 21, 2026
Playing
रविको अभियोग संशोधनविरूद्धको रिटको पेसी वैशाख १० गते || Nepal Times
Apr 21, 2026
Playing
इरान युद्धमा चीनको एन्ट्रीः अमेरिकाले जफत गरेको जहाजले खोल्यो रहस्य || Nepal Times
Apr 21, 2026
Playing
World News: Cubaसंग Americaको वार्ता, Iranसंग के होला ? Japanले छाड्यो शान्तिको बाटो || Nepal Times
Apr 21, 2026
Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026

संखुवासभा हत्याकाण्डमा नयाँ ट्वीस्ट : ‘लोकबहादुर होइन, खड्गबहादुर कार्की मुख्य योजनाकार’

४ आश्विन २०७८

४ असाेज, खाँदबारी।

गत भदौ २८ गते मादी नगरपालिका–१ को खोलागाउँमा भएको सामूहिक हत्या घटना रहस्यमय बन्दै गएको छ ।  हत्याका मुख्य योजनाकार ४७ वर्षीय खड्गबहादुर कार्की रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

Advertisement
Advertisement

जिल्ला प्रहरी कार्यालय संखुवासभाले घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका थप चारजनालाई सोमबार बिहान सार्वजनिक गरेको छ।हत्या गरेको आरोपमा प्रहरीले भतिज नाता पर्ने लोकबहादुरलाई पक्राउ गरेको थियो। त्यसपछि पनि सुक्ष्म अनुसन्धान गरेको प्रहरीले थप चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा ४७ वर्षीय खड्गबहादुर कार्की, उनका छोरा २८ वर्षीय हस्तबहादुर कार्की, ४९ वर्षीय रणबहादुर कार्की र उनका छोरा १७ वर्षीय नरेश कार्की छन्।

यसअघि नरेशका दाई लोकबहादुर कार्की पक्राउ परिसकेका थिए। यो सँगै ६ जनाको हत्या घटनामा रणबहादुरका तीन बाबुछोराको संलग्नता रहेको खुलेको छ भने खड्गबहादुरका बाबुछोरा पनि हत्या घटनामा मुछिएका छन्।

पक्राउ परेका सबै जना लालबहादुर कार्कीका छोरा-नातिहरु हुन्। यो घटना योजनाबद्ध तरिकाले भएको पाइएको छ। लोकबहादुरको घरमा हत्याको योजना बनााएको पाइएको संखुवासभाका डीएसपी लालध्वज सुवेदीले बताए। सुवेदीका अनुसार राति ८ बजेतिर मुख्य योजनाकार खड्गबहादुर कार्कीसहितका व्यक्ति लोकबहादुरको घरमा भेला भएका थिए।

घटना हुने दिन तेजबहादुर कार्की खेताला बोलाउन लोकबहादुरको घरमा आउने मौकामा हत्या गर्ने योजना बनेको पाइएको छ। तेजबहादुरको हत्या गरेको अरुले थाहा पाए अरुलाई पनि हत्या गर्ने र मिलेसम्म धनमाल समेत लुट्ने योजना रहेको अनुसन्धाबाट खुलेको डीएसपी सुवेदीले बताए।

घटना हुने दिन तेजबहादुर कार्की पिप्लेस्थित खेतमा खंगबहादुर, हस्तबहादुर, लोकबहादुर र नरेश खेताला जाने तय भएको थियो। पूर्वयोजना अनुसार तेजबहादुरको घरमा बिहान आउने निश्चित भएसँगै खंगबहादुर बिहान ५ बजे तेजबहादुरको घरमा गएका थिए।

खंगले तेबजहादुरलाई ‘लोके अल्छी छ घरमै गएर खेताला निश्चित गर्नु’ भनेको पाइएको छ। खंगले तेजबहादुरलाई लोकबहादुरको घरतर्फ जान अभिप्रेरित गरेको अनुसन्धानबाट खुलेको डीएसपी सुवेदीले बताए। तेजबहादुर लोकबहादुरको घरतर्फ गएपछि खंगबहादुर र हस्तबहादुर घर पछाडि चिर्पट बोकी तयारी अवस्थामा बसेको देखिएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

त्यसपछि तेजबहादुर लोकबहादुरको घरमा गई ‘अल्छी अझैसम्म उठ्दैनस्’ भन्दै कराएपछि लोकबहादुर उठेका थिए। त्यतिबेला लोकबहादुरका भाइ नरेश र बाबु रणबहादुर घरमै रहेको पाइएको छ। तेजबहादुर फर्कने बेलामा लोकबहादुरले भाइ नरेशलाई पूर्वयोजना अनुसार इसारा गरी दाउराको चिपर्ट र अलैची काट्ने चक्कु बोकेर पछि पछि गएको अनुसन्धानबाट खुलेको छ।

गोगनेको रुख नजिक पुगेपछि तेजबहादुरको टाउकोमा प्रहार गरी लडाएको र खंगबहादुर र हस्तबहादुरले समेत दाउराको चिपर्टले तेजबहादुरमा प्रहार गरेका थिए। हस्तबहादुरले तेजबहादुरलाई चक्कुले पेटमा प्रहार गरी डिलबाट लडाएको अनुसन्धानबाट खुलेको छ।

आफूमाथि प्रहार हुन थालेपछि तेजबहादुरले ‘लोकेले मार्‍यो, मलाई नमार’ भन्दै चिच्याएको र तेजबहादुरकी श्रीमती कमला र बुहारी रन्जानाले उक्त आवाज सुनेर आएपछि उनीहरुमाथि पनि प्रहार भएको पाइएको छ। लोकबहादुरले कमलालाई सुरुमा प्रहार गरेको र कमलाको घाँटीमा हस्तबहादुरले छुरा प्रहार गरेको खुलेको छ।

हस्तबहादुरले नै रन्जनालाई ठेलेर खोल्सामा झारेको प्रहरीले जनाएको छ। उनलाई खंगबहादुर, हस्तबहादुर र लोकबहादुर मिलेर हत्या गरेको खुलेको छ।

घटनाका बेला मृतकका बच्चाहरु दिपेन र गोमा समेत बाटोमा आउँदै गरेो देखेपछि हस्तबहादुर र लोकबहादुरले मुखु थुन्ने र चिर्पटले हानेर हत्या गरेको खुलेको छ। त्यसपछि पाँचै जना अभियुक्तहरु मृतकको घर गएका थिए। घरमा ८४ वर्षीया पार्वती मकै नंग्याइ रहेको अवस्थामा हस्तबहादुरले समातेर घर पछाडिको गोठमा पुर्‍याएका थिए। त्यहीँ लोकबहादुरले टाउको भित्तामा ठोक्काएर घाँटी बटारी हत्या गरेको अनुसन्धानबाट खुलेको छ।

त्यसपछि सबै जना घटनामा प्रयोग भएको चिर्पट र छुरा बोकी लोकबहादुरको घरमा गएका थिए। लागेको रगत पखाली छुरा घरको बुइँगलमा लुकाएको खुलेको छ। चिर्पट बालेको र रगत लागेका कपडाहरु लुकाएको पाइएको छ। त्यसपछि खंगबहादुर र उनका छोरा हस्तबहादुर आफ्नो घरतर्फ लागे। सो क्रममा रन्जनाको ओप्पो मोबाइल नरेशले लिएर आइ स्वीच अफ गरेर घरमुनिको ओडारमा लुकाएर राखेको अनुसन्धानबाट खुलेको छ।

त्यसपछि घटनाबारे कसैले सोधेमा कुनै जानकारी नै नभएको र प्रहरी आइ पत्ता लगाएमा लोकबहादुर मानसिक रोगी पनि रहेकाले उसैका कारण घटना भएको भन्ने भनी सल्लाह समेत भएको खुलेको छ।

पक्राउ परेका सबै अभियुक्तहरुले घटना स्वीकार गरेको डीएसपी सुवेदीले बताए। घटनामा प्रयोग भएको छुरा, कपडा र हराएको मोबाइल समेत बरामद भएको प्रहरीले जनाएको छ।

घटनाबारे थप प्रमाण फेला परेपछि सङ्घीय एकाइ प्रहरी कार्यालय धरानका एसपी भीम दाहालको नेतृत्वमा प्रदेश नं १ प्रहरी कार्यालयबाट छ जनाको टोली घटनास्थल पुगेर पुनः अनुसन्धान सुरु गरेका छन् ।

Advertisement

घटनामा अन्य व्यक्तिको समेत संलग्नता भएको आशङ्का भएपछि फेरि अनुसन्धान सुरु गरिएको प्रहरीको भनाइ छ । थप अनुसन्धान र सुरक्षाका लागि इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक योगराज खतिवडासहितको १० जनाको टोली घटनास्थलमै थियो । हत्या आरोपमा गत आइतबार प्रहरीले लोकबहादुरलाई पक्राउ गरेर सार्वजनिक गरेकाे थियाे ।  भदौ २८ गते बिहान मादी–१ स्थित तेजबहादुर कार्कीसहित उनकी आमा पार्वता, श्रीमती मनमाया, बुहारी रञ्जना, नाति दीपक र नातिनी गोमा कार्कीको बीभत्स रूपमा सामूहिक हत्या भएकाे थियाे ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top