NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
भारतले बनायो महाअस्त्र ’प्रोजेक्ट विष्णु’,चीनसँग छैन् शुक्रबार साउन २ , २०८२
एमालेभित्र किचलो, बाहिर ‘पुराना तीन यार’को अंगालो शुक्रबार साउन २ , २०८२
राजा नफर्किएपछि राप्रपा भ्रष्टाचारविरुद्ध, दलबलसहित अख्तियार पुगे शुक्रबार साउन २ , २०८२
सिरिया टुक्राउने खतरनाक खेल, अल–शराले नेतन्याहुलाई ठेगान लगाउने शुक्रबार साउन २ , २०८२
महिला फुटबल इतिहासकै महँगो खेलाडी बनेकी स्मिथ को हुन् ? शुक्रबार साउन २ , २०८२
Next
Prev

समाचार

एक सय मेगावाट विद्युत् राष्ट्रिय प्रणालीमा थप, पाँच हजार मेगावाटको अनुमतिपत्र प्रदान

मङ्लबार साउन १ , २०७५
Reading Time: 1 min read
A A
गत वर्षभन्दा ३३ मेगावाट कम विद्युत् उत्पादन !
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
Advertisement

काठमाडौँ, साउन १

आर्थिक वर्ष २०७४÷७५ मा साना ठूला गरी कूल १५ आयोजना निर्माण सम्पन्न भई राष्ट्रिय प्रसारण प्रणालीमा १०० मेगावाट विद्युत् थप भएको छ । विद्युत् विकास विभागका अनुसार नेपाल विद्युत् प्राधिकरणको ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत् आयोजना नै सो आवमा सम्पन्न भएको सबैभन्दा ठूलो आयोजना हो । दार्चुलामा आयोजनास्थल रहेको सो आयोजना निर्माण शुरु भएको करीब ११ वर्षपछि सम्पन्न भएको हो ।

यस्तै ११ वटा मझौला प्रकृतिका आयोजनासमेत सो आवमा सम्पन्न भएका छन् । दुईवटा लघु जलविद्युत् आयोजनासमेत सोही अवधिमा सम्पन्न भएका छन् । विभागका अनुसार सोही अवधिमा पञ्चकन्या हाइड्रो पावरको माथिल्लो माई सी आयोजनासमेत सम्पन्न भएको छ । सो आयोजनाको क्षमता छ मेगावाट रहेको छ ।

यस्तै सभाखोला चार मेगावाट, पुवाखोला एक ४ मेगावाट, थापाखोला १३.६० मेगावाट, चाके खोलामा दुई मेगावाट, मिदिम तीन मेगावाट, मोलङ सात मेगावाट, मदक्यूखोला १३ मेगावाट, माई साना क्यासकेड आठ मेगावाट, सार्दी खोला चार मेगावाट, फावाखोला पाँच मेगावाट र द्वारी खोला ३.७५ मेगावाट रहेका छन् ।

दोलखाको ढुङ्गे जिरी ०.६० र सिउरी भूमे लघु जलविद्युत् ०.२३ मेगावाट क्षमताका आयोजना पनि सोही अवधिमा सम्पन्न भएका छन् । विभागको रजत जयन्तीको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन, राष्ट्रिय योजना आयोगका सदस्य कृष्णप्रसाद ओलीलगायतले ती आयोजनाका प्रवद्र्धकलाई सम्मान गरे ।

ठूला आयोजना अध्ययन गर्दै विभाग 

जलविद्युत् आयोजनाको अध्ययन र पहिचान गर्ने लक्ष्यका साथ सरकारले स्थापना गरेको विभागले हाल ११ वटा ठूला तथा मझौला आयोजनाको अध्ययन गरिरहेको छ । कूल १० हजार ८०० मेगावाट क्षमताको कर्णाली चिसापानी जलविद्युत् आयोजनाको वातावरणीय अध्ययन सम्पन्न गरेको छ । यस्तै हाइड्रोलोजीको समेत अध्ययन भइरहेको छ । सरकारले सो आयोजनालाई दक्षिण एशियाकै ठूलो आयोजनाका रुपमा अगाडि बढाउने लक्ष्य राखेको छ ।

यस्तै ८४ मेगावाट क्षमताको कन्काई बहुउद्देश्यीय आयोजना, ९३ मेगावाटको शारदा बबई र १०२ मेगावाटको दूधकोशी पाँचौँ आयोजना अध्ययनको चरणमा छन् । कर्णाली स्टेज एक २८१ मेगावाट, नौमुरे जलाशययुक्त आयोजना ४३७, अरुण चौथो ३७२, तल्लो अरुण ६७९, सेती २८७, सुनकोशी दोस्रो एक हजार ११६ र सुनकोशी तेस्रो ५४० मेगावाट क्षमताका आयोजना अध्ययनका विभिन्न चरणमा रहेका विभागका महानिर्देशक नविनराज सिंहले जानकारी दिए ।

पाँच हजार मेगावाटको अनुमतिपत्र 

विभागले करीब पाँच हजार मेगावाट क्षमताका जलविद्युत् आयोजनाको विद्युत् उत्पादन अनुमतिपत्र प्रदान गरेको छ । कूल १५९ वटा आयोजनालाई त्यस्तो अनुमति दिइएको छ । अनुमति दिइएकामध्ये तीन हजार ५०० मेगावाट क्षमताका आयोजना वित्तीय व्यवस्थापन गरेर निर्माणका विभिन्न चरणमा रहेका छन् ।

यस्तै एक मेगावाट क्षमतासम्मका १५ आयोजनालाई पनि उत्पादन अनुमति दिइएको छ । ती आयोजनाको क्षमता १६ मेगावाट रहेको छ । विद्युत् उत्पादन अनुमतिपत्रका लागि दरखास्त दिइएका आयोजनाको संख्या २७ छ । ती आयोजनाको क्षमता तीन हजार ७३ मेगावाट रहेको छ ।

उत्पादन सर्वेक्षणको अनुमति लिएका आयोजनाको संख्या २९१ रहेको छ । ती आयोजनाको क्षमता १७ हजार ९२१ मेगावाट रहेको छ । एक मेगावाटभन्दा कम क्षमताका २० आयोजनाले पनि सर्वेक्षणको अनुमति लिएको छ ।

यस्तै ३७ वटा सौर्य ऊर्जाका परियोजनाले समेत अनुमति लिएका छन् । ती आयोजनाको क्षमता २१६ मेगावाट रहेको छ । पाँच मेगावाट क्षमताको वायु ऊर्जा, २७ मेगावाट क्षमताका बायोमास र उखुको खोस्टाबाट विद्युत् निकाल्ने गरी रिलायन्स चिनी उद्योगले अनुमति लिएको छ । बारामा आयोजनास्थल रहेको सो परियोजनाले १५ मेगावाट विद्युत् उत्पादन गर्नेछ ।
रासस

लोकप्रीय

भारतले बनायो महाअस्त्र ’प्रोजेक्ट विष्णु’,चीनसँग छैन्

भारतले बनायो महाअस्त्र ’प्रोजेक्ट विष्णु’,चीनसँग छैन्

शुक्रबार साउन २ , २०८२
स्पेन भिजिट भिसा प्रकरणको छानविन सीआईबीले गर्ने

एमालेभित्र किचलो, बाहिर ‘पुराना तीन यार’को अंगालो

शुक्रबार साउन २ , २०८२
राजा नफर्किएपछि राप्रपा भ्रष्टाचारविरुद्ध, दलबलसहित अख्तियार पुगे

राजा नफर्किएपछि राप्रपा भ्रष्टाचारविरुद्ध, दलबलसहित अख्तियार पुगे

शुक्रबार साउन २ , २०८२

विचार

थप समाचार

भारतले बनायो महाअस्त्र ’प्रोजेक्ट विष्णु’,चीनसँग छैन्
अन्तरबार्ता

भारतले बनायो महाअस्त्र ’प्रोजेक्ट विष्णु’,चीनसँग छैन्

शुक्रबार साउन २ , २०८२
स्पेन भिजिट भिसा प्रकरणको छानविन सीआईबीले गर्ने
ताजा समाचार

सिरिया टुक्राउने खतरनाक खेल, अल–शराले नेतन्याहुलाई ठेगान लगाउने
अन्तर्राष्ट्रिय

सिरिया टुक्राउने खतरनाक खेल, अल–शराले नेतन्याहुलाई ठेगान लगाउने

शुक्रबार साउन २ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14
Currently Playing

World News:Delhiका २० स्कुल ब*मले उडाउने धम्की, Trump अलोकप्रिय अनि विरामी || Nepal Times

World News:Delhiका २० स्कुल ब*मले उडाउने धम्की, Trump अलोकप्रिय अनि विरामी || Nepal Times

00:19:58

World News: इरानी राजदूत मोस्ट वान्टेड, २० राज्यद्वारा ट्रम्प प्रशासनविरुद्ध मुद्दा दायर

00:17:24

World News: Ukraineमा जासुसी गर्ने अमेरिकीलाई Russian पासपोर्ट, लेबनानमा फेरि ह*म*ला || Nepal Times

00:16:18

World News: अमेरिकामा मूल्यबृद्धि, चिनियाँ अर्थतन्त्रमा हरियाली, सीको विदेशमन्त्रीहरुसंग भेट

00:17:16

World News: Syria दंगामा ३०को मृ*त्यु, बेलायती विमानमा आगो || Nepal Times

00:17:08

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

हिजो,आज र भोलिको अन्तरद्वन्द्व

हिजो,आज र भोलिको अन्तरद्वन्द्व

मङ्लबार साउन ३ , २०७९
तीन दिनसम्म वर्षा,आज कहाँ पर्दैछ पानी ?

आज यी ठाउँमा ठूलो वर्षा, २७ जिल्लामा बाढीको खतरा

बिहिबार साउन १ , २०८२
जनतालाई उद्धार गर्न डुङ्गा छैन, प्रहरीलाई बन्दुक  किन्ने

जनतालाई उद्धार गर्न डुङ्गा छैन, प्रहरीलाई बन्दुक  किन्ने

मङ्लबार असार २४ , २०८२

हालका पोस्टहरू

भारतले बनायो महाअस्त्र ’प्रोजेक्ट विष्णु’,चीनसँग छैन्

भारतले बनायो महाअस्त्र ’प्रोजेक्ट विष्णु’,चीनसँग छैन्

शुक्रबार साउन २ , २०८२
स्पेन भिजिट भिसा प्रकरणको छानविन सीआईबीले गर्ने

एमालेभित्र किचलो, बाहिर ‘पुराना तीन यार’को अंगालो

शुक्रबार साउन २ , २०८२
राजा नफर्किएपछि राप्रपा भ्रष्टाचारविरुद्ध, दलबलसहित अख्तियार पुगे

राजा नफर्किएपछि राप्रपा भ्रष्टाचारविरुद्ध, दलबलसहित अख्तियार पुगे

शुक्रबार साउन २ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.