तरकारीमा तहतहका बिचौलिया, किसान र उपभोक्ता दुवै पीडित

४ असोज ७८, मंगलबार

काठमाडौं : काभ्रेको पाँचखाल–३ का सुभाष लुइँटेलले दुई रोपनी जग्गामा तरकारी खेती गरेका छन् । अहिले उनको बारीमा हरियो तरकारी बोडी र भेन्डी लटरम्म फलेका छन् । उनले उब्जनी गरेको तरकारीमध्ये एक दिन बिराएर २ सय किलो बढी बोडी तरकारी बिचौलियाका हातमा पर्ने गरेको छ । उनले बारीबाट तरकारी टिपेर बिचौलियाको हातमा त पार्छन् तर आप्mनो तरकारीको मूल्य कति हुन्छ उनलाई नै थाहा हुँदैन ।

उनले उत्पादन गरेको तरकारी बिचौलियाले बजारमा प्रतिकिलो १ सयदेखि १ सय १० रुपैयाँ बिक्री गर्छन् । उनका हातमा भने जम्मा ३०÷४० रुपैयाँ थमाउँछन् ।

किसान सुभाष लुइँटेल भन्छन्, ‘बजारमा जति मूल्य भए पनि किसानले ३० देखि ४० रुपैयाँभन्दा बढी पाउँदैनन् । बजारमा तरकारीको मूल्य जति वृद्धि भए पनि किसानले २५ प्रतिशतभन्दा बढी कसैले पाएको हुँदैन । सबै बिचौलियाले लिने गरेका छन् ।’

त्यसो त किसानहरूले बिचौलियासँग बजारको मूल्य हेरेर कहिलेकाहीँ कुरा पनि गर्छन् । तर, बिचौलियाको ‘रेडिमेड’ जवाफले उनीहरू मर्माहत हुन्छन् । बिचौलियाको रेडिमेड जवाफ हुने गरेको छ, ‘तिमीहरूले उत्पादन गरेको तरकारी तिमीहरू नै राख ।’

त्यसैले किसानहरू बिचौलियाले भनेको मूल्यमा तरकारी दिन बाध्य छन् । तरकारी बिचौलियाको कब्जामा छ । बिचौलियाको हातमा बजार भएकाले न त किसानले लागतअनुसारको मूल्य पाउँछन् न त उपभोक्ताले सस्तो मूल्यमा तरकारी खान पाउँछन् ।

किसान लुइँटेल थप्छन्, ‘आजभोलिकै कुरा गर्ने हो भने व्यापारीले हामीबाट बोडी प्रतिकिलो ४० रुपैयाँमा लिन्छन् । किसानबाट ४० रुपैयाँमा लिएको तरकारी बीचमा भाडा, ज्याला जोडेर उपभोक्ताले कम्तीमा ६० देखि ६५ रुपैयाँमा पाउनुपर्ने हो । तर, उपभोक्ताको चुलोसम्म पुग्दा १ सय ५० रुपैयाँ पुगिसकेको हुन्छ । यो सुन्दा दुःख लाग्छ ।’

अहिले बिचौलियाले किसानको बारीबाट गोलभेंडा प्रतिकिलो १० देखि १५ रुपैयाँमा किन्ने गरेका छन् । तर, उपभोक्ताको चुलोसम्म पुग्दा प्रतिकिलो ६० रुपैयाँसम्म पुग्ने गरेको उनको भनाइ छ ।

साँखु–६ का किसान सुन्दर मल्लको पीडा पनि उस्तै छ । उनले ६ रोपनीमा तरकारी खेती गरेका छन् । अहिले उनका बारीमा गोलभेंडा लटरम्म फलेका छन् । सधैं जस्तो आप्mनो बारीको तरकारी कालिमाटीका व्यापारीको हातमा पर्छन् । तर, मूल्य भने उनले भन्न पाउँदैनन् ।

व्यापारीले जति उनका हातमा दिन्छन् त्यसैमा चित्त बुझाउँछन् । मल्ल भन्छन्, ‘आफंै मूल्य भन्न थाले भने किसानको पछिल्लो दिनदेखि बारीबाट तरकारी नै उठ्दैन । बजारमा जति मूल्य बढेको भए पनि बाध्यताले बिचौलियाले दिएको मूल्यमा नै चित्त बुझाउनुपर्छ ।’,याे समाचार राजधानी दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top