बागलुङमा चट्याङ लागेर एक जनाको मृत्यु, तीन जना घाइते

४ असोज ७८, मंगलबार

५ असाेज, बागलुङ ।

Advertisement

बागलुङको जैमिनी नगरपालिका– ७ जैदीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । हिजो साँझ ६ बजेतिर परेको चट्याङ लागेर स्थानीय ६० वर्षका मुमबहादुर सार्कीको मृत्यु भएको हो ।

जैमिनीका नगर उपप्रमुख लिला रानाका अनुसार सार्कीको घटनास्थलमै मृत्यु भएको हो । चट्याङ लागेर १८ वर्षीया बिपना नेपाली, ५७ वर्षीय लालबहादुर नेपाली र ६० वर्षीय शहबिरे नेपाली घाइते भएका छन् ।

Advertisement

घाइतेहरूको स्थानीय स्वास्थ्य चौकीमा उपचार पछि अवस्था सामान्य भएको छ । चट्याङ लागेर एउटा भैँसी पनि मरेको उपप्रमुख रानाले जानकारी दिनुभयो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top