×

NEPAL TIMES UPDATES

Playing
ट्रम्प–पुटिन–नेतन्याहु विश्वकै सबैभन्दा ’ठूला पीडक’ || Nepal Times
Apr 21, 2026
Playing
रविलाई आएकै दिन भेटेका कपुरले बालेनलाई जाने बेलामा भेट्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
दुई मुद्दामा सरकारको बोली एक, वास्तविकता अनेक || Nepal Times
Apr 21, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 21, 2026
Playing
के हो रास्वपाको अमेरिकी कनेक्सन ? || Nepal Times
Apr 21, 2026
Playing
६१ केन्द्रीय सदस्य देउवा पक्षलाई दिने भएपछि फुटबाट जोगियो कांग्रेस || Nepal Times
Apr 21, 2026
Playing
रविको अभियोग संशोधनविरूद्धको रिटको पेसी वैशाख १० गते || Nepal Times
Apr 21, 2026
Playing
इरान युद्धमा चीनको एन्ट्रीः अमेरिकाले जफत गरेको जहाजले खोल्यो रहस्य || Nepal Times
Apr 21, 2026
Playing
World News: Cubaसंग Americaको वार्ता, Iranसंग के होला ? Japanले छाड्यो शान्तिको बाटो || Nepal Times
Apr 21, 2026
Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026

तस्करको निशानामा रेडपाण्डा

५ आश्विन २०७८

५ असोज, जाजरकोट ।

रेडपाण्डा लगायतका अन्य जनावरको दैनिक चोरी निकासी हुने दर बढेको पाइएको छ । प्रहरीद्वारा हप्तैपिच्छे बरामद गरिने तथ्यांक उकालो लाग्दा रेडपाण्डा तस्करको निशानामा परेको देखिएको हो ।

Advertisement
Advertisement

विश्वमा लोपोन्मुख जनावरका रुपमा रहेको रेडपाण्डा जाजरकोटको बारेकोट, नलगाड र डोल्पाको मुड्केचुला गाउँपालिकामा पाइन्छ । संरक्षणका लागि सरोकारवालाको निगरानी कम हुँदा तस्करले रेडपाण्डालगायत अन्य जनावरको चोरी निकासी गर्ने क्रम बढेको हो ।

खुल्याम रेडपाण्डा लगायका अन्य जनावरको सिकार गरी अंगहरु ल्याउन व्यापारीहरु गाउँगाउँमा पुग्ने गरेको बारेकोट गाउँपालिका–५ का प्रेम सिंहले जानकारी दिए ।

सामुदायिक तथा राष्ट्रिय वनमा वन्यजन्तुको संरक्षण भन्दा पनि चोरी गर्नेको संख्याको बढी भएको उनले बताए । उनले भने, ’हप्तै पिच्छे बारेकोटको जंगलमा वन्जजन्तुको सिकार हुने गरेको छ, सरोकारवाला निकायले थाहा पाएर पनि थाहा नपाए झैँ गरिरहेको छन् । बन्दुक फायर गरेको आवाज प्रहरी चौकी मै सुनिन्छ तर कसलाई के मतलब ? वनका कर्मचारीहरु सदरमुकाम मात्र बस्छन् ।’

विभिन्न संघ संस्थाले रेडपाण्डा संरक्षणका लागि कार्यक्रम, छलफल गर्दै आए पनि छलफलमै सहभागी सरोकारवाला व्यक्तिहरु नै तस्करसँग मिलेर वन्यजन्तुको सिकार गर्न उद्धत भएको बारेकोट गाउँपालिका –४ मैनाका रामबहादुर बस्नेतको आरोप छ ।

उनले भने, ’चोरी निकासी रोक्नुपर्छ भन्दा अघिल्लो वर्ष वडाध्यक्ष सिर्जना बस्नेतविरुद्ध तस्कर समूहको मिलेमतोमा असहयोग गर्ने काम भयो । प्रहरीले वन समूहलाईसमेत सहयोग गरेन, उल्टै राजनीतिक पावरमा तस्करहरु जोगाउने काम भयो, यसरी कहाँ वन र वन्यजन्तु जोगाउन सकिन्छ ?’

पछिल्लो पाँच वर्षको तथ्यांक हेर्दा बारेकोट गाउँपालिकाबाट रेडपाण्डा तथा अन्य वन्यजन्तुको चोरीनिकासीलाई रंगेहात पक्राउ परेको विवरणले नै बताउने गरेको छ ।

माँसिदो जंगल र संरक्षणको अभावमा दैनिक चोरी निकासीका साथै तस्करको ठूलो सञ्जालले चोरी निकासी मौलाएको पाइएको छ । स्थानीय पालिकाले वन्यजन्तु संरक्षणका लागि ठोस योजना निर्माण नगर्दा पनि तस्कारहरुलाई सजिलो भएको छ ।

बारेकोट वन्यजन्तुको लागि उर्वर ठाउँ हो । विश्वमा लोपोउन्मुख वन्यजन्तु बारेकोटमा ठूलो संख्यामा रहेको छ । बारेकोट गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत तथा वन्यजन्तु संरक्षणका अभियन्ता गोविन्द सिंहकाअनुसार तस्करको पकड बलियो रहेको छ । स्थानीयवासी नै सचेत नहुने हो भने तस्करको जालोले सबै कुरा सिध्याउने उनको चिन्ता छ ।

डिभिजन वन कार्यालय र यसका मातहतका कार्यालयको पहुँच कम हु‍ँदा र अधिकार क्षेत्रको लडाइका कारण पनि वन्यजन्तु संरक्षणमा समस्या हुँदै आएको छ । डिभिजन कार्यालयमा खटिएको भनि गलत अभिलेख दिएर सदरमुकाममै बसेर गाउँको भत्ता पकाउने वनका कर्मचारीका कारण संरक्षणमा चुनौती हुँदै आएको सर्वसाधारण बताउँछन् ।

सामुदायिक वन समूहका पदाधिकारीहरु तस्करसँग खुलेयाम मिल्दा अर्को समस्या सिर्जना भएको छ । समूहका पदाधिकारीलाई वन्यजन्तुको संरक्षण तथा जोगाउने विषयमा खासै जानकारी नभएको एवं ’छोरा हुनेको धन र भैंसी हुनेको वन’ भन्ने सोच अझै कायम हुँदा चोरी निकासीलाई बल पुगेको स्वंयम डिभिजन वन कार्यालय स्वीकार गर्दछ । समूहबाट भएको आम्दानीसमेत कहाँ कसरी खर्च हुन्छ भन्ने कुरा स्थानीयवासीलाई नै थाहा हुँदैन ।

वर्षेनी सामुदायिक वनमा घाँस उत्पादन हुन्छ भन्दै आगो लगाउने व्यक्तिलाई समेत कारवाही नहुनुले वन्यजन्तुको बासस्थानमा नै जोखिममा पर्दै गएको छ ।

रेडपाण्डाको बासस्थानको रुपमा रहेको निगालोको बाक्लो जंगल, रुखका मुडाहरु वर्षेनी फडानी, आगलागीका कारण सखाप हुँदै गएको छ । यसले गर्दा वन्यजन्तु मासिने क्रम बढिरहेको छ ।

यसैबीच नलगाड नगरपालिका–८,९ र १० का माथिल्लो भागमा वन्यजन्तुको सिकार गर्नका लागि अवैद्य रुपमा राखिएका बन्दुकहरु प्रहरीले बरामद गरी नियन्त्रणमा लिएको छ । एक महिनाको अवधिमा ४ भन्दा बढी बुन्दुक नियन्त्रणमा लिएको डिएसपी मधु थापाले बताए ।

नयाँ प्रहरी प्रमुख जाजरकोट आएदेखि भारी मात्रामा तस्कर,लागुऔषध कारोबारी तथा सवारी चालक अनुमति पत्र नभएका व्यक्तिका साथै सवारी साधन चोरी गर्ने गिरोह नियन्त्रणमा आउने क्रम बढेको छ ।

Advertisement

जतिबेला समस्या र अफ्ठ्यारो परिस्थति आउछ, त्यतिबेला तस्कारहरु गाउँगाउँ पुग्ने गरेको पाइएको छ । डोल्पा, रुकुम पश्चिम र जुम्ला लगायतका क्षेत्रबाट जाजरकोट हुँदै जाने तस्करको संख्या ठूलो रहेको छ ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top