×

NEPAL TIMES UPDATES

Playing
काठमाडौं आएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?|| Nepal Times
Apr 22, 2026
Playing
बाब अल–मन्डेब इरानको नयाँ हतियार, ट्रम्पनीतिको विरुद्धमा नयाँ ‘कार्ड’|| Nepal Times
Apr 22, 2026
Playing
हर्क साम्पाङले देखाइरहेको राजनीतिक परिपक्कता || Nepal Times
Apr 22, 2026
Playing
दीपक साहलाई “राइट टु रिकल”, सुदन गुरुङलाई.............. ?|| Nepal Times
Apr 22, 2026
Playing
इरान, टर्कीए र यूएईका १४ संस्था र व्यक्तिमाथि अमेरिकी प्रतिबन्ध|| Nepal Times
Apr 22, 2026
Playing
ट्रम्प–पुटिन–नेतन्याहु विश्वकै सबैभन्दा ’ठूला पीडक’ || Nepal Times
Apr 21, 2026
Playing
रविलाई आएकै दिन भेटेका कपुरले बालेनलाई जाने बेलामा भेट्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
दुई मुद्दामा सरकारको बोली एक, वास्तविकता अनेक || Nepal Times
Apr 21, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 21, 2026
Playing
के हो रास्वपाको अमेरिकी कनेक्सन ? || Nepal Times
Apr 21, 2026

संसद् अवरोध गरिरहेको एमालेले ‘झुक्किएर’ मत विभाजनमा भाग लियो

५ आश्विन २०७८

५ असाेज, काठमाडौँ ।

संसद् अवरोध गरिरहेको प्रमुख प्रतिपक्ष एमाले राष्ट्रिय सभामा विनियोजन विधेयकमाथिको मत विभाजनमा भाग लिएको छ । राष्ट्रिय सभाको मंगलबारको बैठकमा सचिव राजेन्द्र फुयाँलले प्रतिनिधि सभाबाट आएको सन्देशसहित पेस गरेका थिए। राष्ट्रिय सभाको कारबाही सुरु भएलगत्तै प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसदहरु उठेर विरोध जनाएका थिए।

Advertisement
Advertisement

एमाले सांसदहरुले विरोध जारी राखेपछि राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कारबाही अघि बढाएका थिए। अर्थमन्त्री जनार्दन शर्माले पेस गरेका विनियोजन विधेयक प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त भएको सुनाउँदै राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ पेस गरेका थिए। सभाले स्वीकृत दिएमा मात्र पेस हुने नत्र नहुने संसदीय प्रक्रियामा उक्त निर्णयका लागि राष्ट्रिय सभा अध्यक्षले पेस गरेका थिए।

अध्यक्ष तिमिल्सिनाले निर्णयार्थ विधेयक पेस गर्दा ‘हुन्छ’ र ‘हुँदैन’को आधारमा मत विभाजन गरेका थिए। अध्यक्ष तिमिल्सिनाले मत विभाजन सुरु गर्दै विधेयकको पक्षमा हुनेले ‘हुन्छ’ भन्नुहोस् र नहुनेले हुन्न भन्नुहोस् भनी प्रस्ताव गरेका थिए। उनले सुरुमा विचार गरियोस् भन्ने प्रस्ताव हुन्छ भन्ने सदस्यहरुले हुन्छ भन्नुहोस् भनी आग्रह गरे। लगत्तै सत्तापक्षका सांसदहरुले हात उठाए। त्यस्तै उनले फेरि हुँदैन भन्ने पक्षकाले हुँदैन भन्नुहोस् भनी आह्वान गरे। लगत्तै संसद् चल्न नदिने भन्दै उठिरहेका एमाले सांसदले ‘हुन्न’ भनी हात उठाए। राष्ट्रिय सभामा एमालेका प्रमुख सचेतक खिमलाल भट्टराईले हात उठाएपछि अन्य सांसदले पनि ‘हुन्न’ भन्दै हात उठाएका थिए।

भट्टराईले प्रतिपक्षमा अभ्यस्त भइनसकेकाले भूलवस संसद्को प्रक्रियामा भाग लिन पुगिएको बताए । उनले भने, ‘मत विभाजनमा भाग लिने योजना थिएन । तर ‘हुन्न’ भनियो ।’

यस्तो किन हुन गयो भन्नेबारे भट्टराईको भनाइ थियो, ‘हामी लामो समयसम्म प्रतिपक्षको भूमिकामा थिएनौं । अलि थाहा छैन नि त । बाइमिस्टेक भयो ।’

‘हुन्छ’ र ’हुन्न’ भन्ने संसदीय प्रक्रियामा भाग लिँदै आएको तर आफैले विरोध गरिरहेको अवस्थामा भाग लिन हुन्न भन्ने थाहा नभएको उनले बताए । उनले थपे, ‘प्रतिपक्षमा अभ्यस्त भइसकिएको छैन नि त !’

एमालेबाट निर्वाचित माधवकुमार नेपालसहित १४ सांसदलाई पार्टीले कारबाही गरेको र सभामुख अग्निप्रसाद सापकोटाले पदमुक्त भएको सूचना टाँस नगरेको भन्दै राष्ट्रिय सभाको दशौं अधिवेशनको पहिलो दिन भदौ २३ गतेदेखि संसद् एमालेले संसद् अवरुद्ध गरिरहेको छ ।

सोही विषयलाई लिएर एमालेले राष्ट्रियसभामा सभामुख सापकोटाको राजीनामा मागसमेत गरेको थियो । संसद्का कुनै पनि प्रक्रियामा भाग नलिइरहेको र कारबाही अगाडि नबढाउन भनिरहेको अवस्थामा चलेको संसद्‌मा एमालेले मतविभाजनमा भाग लिएको हो । एमालेले प्रतिनिधि सभामा पनि उक्त विधेयक पेस गर्दादेखि पारित हुदाँसम्म विरोध जारी राखेको थियो।

Advertisement

एमालेले विपक्षमा मत जाहेर गरे पनि राष्ट्रिय सभाबाट विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पारित भएको छ । राष्ट्रिय सभाको अर्को बैठक असोज ७ गते २ बजेका लागि आह्वान गरिएको छ ।

भर्खरको समाचार

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

सम्बन्धित खबरहरु

Scroll to Top