ओलीले भने- सरकार ग्रहण हो,नहेर्नु अशुभ हुन्छ

५ असाेज, काठमाडाैँ ।

नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सत्तारुढले मन्त्रीको आकांक्षीलाई २५ जनाभित्रमा समेट्न नसकेका कारण मन्त्रीपरिषद् बिस्तारमा ढिलाई भएको टिप्पणी गरेका छन् । उनले सरकारले युवापुस्तामा वर्तमान राजनीतिप्रति निराशा र वितृष्णा पैदा गर्ने काम गरेका आरोप लगाए ।

उनले वर्तमान सरकारलाई ग्रहणको संज्ञा दिदैँ त्यतातर्फ नहेर्न अनुरोध समेत गरे । सरकारतर्फ हेरे अशुभ हुने उनको तर्क छ । मंगलवार मदन भण्डारीको जीवनी बारे लेखिएको पुस्तक श्वेत शार्दुल सार्वजनिकीकरण कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले भने – ‘जनतामा राजनीति प्रति निराशा, वैराग्य भाव, विरक्ति, वितृष्णा पैदा गर्ने कोसिस भएको छ । जानिजानिकन ताकी पत्रकारलाई पनि पदक, उसलाई पनि पदक, वकिललाई पनि पदक बोल्ने कोेही नराखेजस्तै । यहाँ सबलाई निराशा बनाइदिने, युवाहरुलाई निराशा बनाइदिने, केहीपनि हुँदैन भन्ने पारिदिने । दिउँसै पनि ग्रहण लाग्यो भने ग्रहणतिर नहेर्नु भन्छन् । अहिले ग्रहण लागेको छ । यो ग्रहणतिर हेर्ने काम छैन । यो ग्रहण लागेको छ । अशुभ छ । २५ मा सहज हुन उहाँहरुलाई सहज भइराखेको छैन । गाह्रो त्यही हो । ७०, ७२ दिन किन पूर्णता पाउँदैन सरकारले ? कार्यकाल छ सबा बर्ष । सबा वर्षको २० प्रतिशत भाग गयो । खाली चिन्ता हो देशको बहुमुल्य समय बर्बाद भो । चिन्ता हो । दुरुपयोग भो चिन्ता हो । पदक मैले अस्तिको दिन बोल्दा भने पदक यदी बोल्न जान्दथ्यो भने त्यसका आँखा हुन्थे र आँशु हुन्थे भने बरबर रुन्थ्यो त्यो । धरधर रुन्थ्यो पदक । बोल्न जान्दथ्यो भने त्यसले नारा लगाउथ्यो उफ्रिएर । जान्ने हो भने मान्छेले होइन पदकले पनि बिद्रोह गथ्र्यो ।’

कार्यक्रममा अध्यक्ष ओलीले मदन भण्डारीको जीवनी समेटिएको पुस्तकले मदन भण्डारीको बहुआयामिक व्यक्तित्वको बारेमा समेटेको धारणा व्यक्त गरे । उनले भण्डारीले नेपाली राजनीतिमा पु¥याएको योगदानको चर्चा समेत गरेका थिए ।

भर्खरको समाचार

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

सम्बन्धित समाचार

Scroll to Top