आगामी चैत्र मसान्तभित्र सबै नागरिकलाई कोभिडविरुद्धको खोप : कानुनमन्त्री कार्की

५ असाेज, काठमाडाैँ ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारको लक्ष्य अनुसार नै आगामी चैत्र मसान्तभित्र सबै नागरिकलाई कोभिडविरुद्धको खोप लगाईसक्ने बताएका छन् । नेपाल सरकारका प्रवक्ता समेत रहेका मन्त्री कार्कीले सरकारले जनताको जीवन रक्षा गर्ने कामलाई पहिलो कर्तव्य सम्झेर सबै नागरिकलाई कोभिडविरुद्धको खोप पु¥याउने अभियानलाई प्रभावकारी ढंगले अगाढि बढाईरहेको दावी समेत गरे।

मंगलबार सिंहदरवारस्थित आफ्नै कार्यकक्षमा पुगेका इन्टरनेशनल कमिशन अफ जुरिष्ट्स, एडभोकेसी फोरम, एम्नेष्टि इन्टरनेशनल नेपाल, जुरी नेपाल र नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय सञ्जाल (इन्जा)का पदाधिकारीहरुसँगको सामूहिक भेटमा उनले आफूहरु सरकारमा आउँदा मुलुकमा कोभिडको ठूलो आतंक रहेको र हाल आएर त्यसलाई सामान्य अवस्थामा पु¥याउन सफल भएको पनि बताए । मन्त्री कार्कीले सरकार जनतालाई कोभिडबाट मुक्त गर्ने र मुलुकमा सुशासन कायम गर्दै दिगो शान्ति र दिगो आर्थिक विकासको कामलाई अगाडि बढाउने काममा अग्रसर भईरहेको बताP। उनले मुलुकमा राजनीतिक स्थिरता कायम गरी मुलुकलाई दिगो आर्थिक विकासको बाटोमा अगाढि बढाउन सरकारलाई साथ, सहयोग र समर्थन गर्न पनि सबैलाई आग्रह गरे। मन्त्री कार्कीले भने, ‘सबै नेपालीलाई भ्याक्सिन लगाउने काममा सरकार अगाडि बढिरहेको छ । र त्यो लक्ष्य पूरा हुन्छ । जनताको जीवन रक्षा नै प्रथम कर्तव्य हो–सरकारको । त्यो दायित्व पूरा गरिराखिएको छ । र त्यसपछि मुलुकलाई स्थिरता दिएर सुशासन कायम गर्दै दिगो शान्ति, दिगो आर्थिक विकासतर्फ हामी अगाढि बढनु पर्दछ । यही अभियानमा हामी सबै छौं । यही अभियभानमा सरकारलाई सबैको साथ, सहयोग र समर्थनको अपेक्षा गर्दछु ।’

मन्त्री कार्कीले वर्तमान सरकारले अर्थतन्त्रलाई चलायमान बनाउन पनि गम्भिरतापूर्वक काम गरिरहेको बताए । उनले ‘नो भ्याक्सिन’को अवस्थाबाट मुलुक सामान्य अवस्थामा आउनु ठूलो उपलब्धि भएको तर्क समेत गरे ।

भर्खरको समाचार

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

सम्बन्धित समाचार

Scroll to Top