माधव नेपालले भने- बाध्य भएर विद्रोह गर्नुपर्याे

५ असोज, काठमाडौँ ।
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले विगतमा भएका कमीकमजोरीलाई पन्छाएर अघि बढ्ने बताएका छन् । मंगलबार पार्टीको केन्द्रिय कमिटीको बैठक उद्घाटन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।

Advertisement

नेकपा एमालेबाट बाध्य भएर बिद्रोह गर्नुपरेको भन्दै अध्यक्ष नेपालले यो कम्युनिष्ट आन्दोलनको क्रान्तिकारी धारको निरन्तरता र परिवर्तन भएको बताए । उनले पार्टीले नराम्रा कुराहरुलाई पन्छाएर राम्रा कुराहरुलाई मिलाउने पनि बताए । अध्यक्ष नेपालले पार्टी अब जनताको आवश्यक्ताअनुसार हिँड्ने बताए । उनले नेकपा एकीकृत समाजवादी पार्टीले परिवर्तनकारी धारको अगुवा शक्ति बन्ने दाबी गरे ।

अध्यक्ष नेपालले भने, ‘हामीले बाध्य भएर बिद्रोह गर्नुपरेको हो, यो हाम्रो निरुन्तरता र परिवर्तन पनि हो, यसलाई भन्छन् कम्युनिष्ट आन्दोलनको क्रान्तिकारी धारको निरन्तरता हो यो, तर विगतमा भएका कमीकमजोरीलाई पन्छाउँदै हामी अघि बढ्छौँ, राम्रा कामहरुलाई मिलाउँछौँ, राम्रा कुरालाई साथमा लिएर जान चाहन्छाँै, अब जनताको चाहनाहनुसराको काम हुन्छ, हामी यथास्थिती, परिवर्तनवादी धारको अगुवा शक्तिको रुप बनेर देखाउनेछौँ, हामी व्यक्तिवाद, अधिकारवाद, निरंकुश प्रवृत्ति विकृति,विस)गतीको प्रवृत्तिलाई हटाउनेछौँ, राष्ट्रिय पूँजीवादलाई प्रोत्साहन दिन चाहन्छौँ, हामी देशभक्तिको झण्डा बोक्न चाहन्छौँ, हामी विधि, पद्धतीलाई मान्छौँ, स्वेच्छाचारितालाई अन्त्य गर्नेछौँ, हामी विज्ञान प्रविधिको व्यापक प्रयोग गर्नेछौँ ।’

Advertisement

अध्यक्ष नेपालले आफ्नो पार्टी सुदूरपश्चिम र प्रदेश दुईमा नेकपा एमाले भन्दा ठूलो भएर संसदमा रहेको बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top