माओवादीको संगठित सदस्य संख्या १० लाख पुर्‍याइने, वडादेखि केन्द्रसम्म सबै तहमा निर्वाचन

काठमाडौं : नेकपा माओवादी केन्द्रले पार्टीको संगठित सदस्यको संख्या ६ लाखबाट बढाएर १० लाख पुर्‍याउने भएको छ । आगामी पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको माओवादीले संगठित सदस्यता वितरणलाई अभियानकै रूपमा अगाडि बढाउने नीति लिएको छ ।

Advertisement

नेकपा माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले पार्टीको राष्ट्रिय सम्मेलनअघि ४ लाख संगठित सदस्य संख्या थपेर हाल कायम रहेको ६ लाखबाट बढाएर पार्टीले दश लाख संगठित सदस्य पुर्‍याउने लक्ष्य लिएको नेपाल समाचारपत्रलाई बताउनुभयो । केन्द्रमा केही नेताहरूले पार्टी छोडे पनि तल्ला कमिटीमा खासै असर नपरेको दाबी गर्दै पौडेलले भन्नुभयो– ‘पार्टीलाई एक नम्बर बनाउने गरी योजना तयार पारेर अघि बढ्ने पार्टीको अहिलेको नीति हो ।’

सांगठानिकरूपमा माओवादी बलियो रहेको बताउँदै उहाँले पार्टीभित्र कार्यकर्तामा रहेको गुनासो र असन्तुष्टिलाई सम्बोधन गरेर अगाडि बढ्दा पार्टी अझै बलियो भएर आउने दाबी पनि गर्नुभयो ।

Advertisement

माओवादी केन्द्रले वडादेखि केन्द्रीय समितिसम्म सबै तहको नेतृत्व निर्वाचनमार्फत चयन गर्ने निर्णय पनि गरेको छ । पार्टीले वडा, प्रदेश तथा संघीय निर्वाचन क्षेत्र, जिल्ला, प्रदेश र केन्द्रीय समितिसहित सबै कमिटीको नेतृत्व निर्वाचनबाट चुनिएर आउनुपर्ने गरी कार्यविधि बनाएको छ । अब तल्ला कमिटिका सम्मेलन राष्ट्रिय सम्मेलनअघि नै सकिएर नेतृत्व चयन हुनेछ । माओवादीको अहिलेको संगठनात्मक संरचनाअनुसार २ लाख ८५ हजार पदमा निर्वाचनमार्फत नेतृत्व चयन हुनेछ । निर्वाचन कार्यविधिमा पार्टी अध्यक्ष र पदाधिकारीको चयन पनि निर्वाचनबाटै गर्ने उल्लेख छ ।

अध्यक्ष प्रचण्डले केन्द्रीय निर्वाचन समितिको सोमबार आयोजित भर्चुअल अभिमुखीकरण बैठकलाई सम्बोधन गर्दै सबै तहको नेतृत्व निर्वाचन प्रक्रियाबाट चयन हुने जानकारी गराउँदै सोहीअनुसारको तयारीमा जुट्न निर्देशन दिइसक्नुभएको छ ।,याे समाचार नेपाल समाचारपत्र दैनिकमा छापिएकाे छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top