डा. केसीको समर्थनमा मोरङ मुस्लिम समाजको प्रदर्शन

डा. केसीको समर्थनमा मोरङ मुस्लिम समाजको प्रदर्शन

विराटनगर, साउन १
जुम्लामा अनसनरत डा.गोबिन्द केसीको समर्थनमा मंगलबार विराटनगरमा प्रदर्शन गरिएको छ । सरकारले डा. केसीका जायज मागहरु पुरा गर्नुपर्ने माग राख्दै मोरङ मुस्लिम समाजले विभिन्न प्लेकार्डसहित विरोध प्रदर्शन गरेको हो ।

प्रदर्शनमा मुस्लिम समुदायका अगुवा, नागरिक समाजका प्रतिनिधि तथा विभिन्न पेशा र संगठनमा आवद्ध व्यक्तित्वहरुको सहभागिता थियो ।

सरकारले डा. केसीको जीवन रक्षाका लागि ठोस कदम नचालेको भन्दै मुस्लिम समाजले अध्यक्ष मण्डलका अध्यक्ष ताजिम अहम्मद, शाहब अहमद गुड्डु, सलिम खान र फिरोज खानले माथेमा प्रतिवेदन कार्यान्वयन गरिनुपर्ने माग गरे । उनीहरुले डा. केसीको जीवनरक्षाका लागि सरकारले ठोस कदम चाल्नुपर्ने मागसमेत गरे ।

विराटनगर स्थित बि प्लटमा भएको प्रदर्शनमा सहभागीहरुले माथेमा प्रतिवेदन कार्यान्वयन गर्नुपर्ने, अनसनरत डा. गोबिन्द केसीको जीवनरक्षा गरिनुपर्ने, विभिन्न मुलुकको भ्रमणमा पुग्ने सरकार डा. केसिका जायज माग पुरा गर्न जुम्ला पुग्नुपर्ने लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.