बालबालिकालाई टेण्टमै पठनपाठन

५ असोज ७८, बुधबार

६ असोज, मनाङ ।

जिल्लाको प्रवेशद्वारमा रहेको सुन्दर बस्तीको गाउँ बाढीपहिराले तहसनहस भएको छ । जिल्लाकै सुन्दर बस्तीमध्ये एकमा पर्ने तालगाउँमा रहेको भानु माध्यमिक विद्यालय गत असार १ मा मस्र्याङ्दीमा आएको बाढीले गाउँसँगै डुबानमा प–यो ।

गाउँमा बाढी पसेपछि विद्यालय जोगिने कुरै भएन । गाउँवासी जङ्गलमा स्थानान्तरण भए । विद्यालयको भौतिक संरचना केही मात्र देखिन्छ । अझै पनि बस्तीमा बाढीको जोखिम उत्तिकै छ । पहिलेको बस्तीमा गाउँवासी बस्ने अवस्थामा छैनन् । झन् विद्यालयमा पठनपाठन गर्न सक्ने अवस्था नै छैन ।

भविष्यका कर्णधारका रूपमा विकास भइरहेका बालबालिकाको भविष्य बनाउने जिम्मेवारी विशेषगरी जनप्रतिनिधिलाई दिइएको छ । जनप्रतिनिधिको सक्रियतामा बाढीपीडित बालबालिका पठनपाठनको व्यवस्था गरिएको छ । बालबालिकाको भविष्य बनाउनका लागि टेण्टमा नै पठनपाठन गर्ने व्यवस्था गरिएको नासों गाउँपालिकाका अध्यक्ष चन्द्र घलेले जानकारी दिए ।

उहाँका अनुसार बालबालिकाको भविष्य बनाउने जिम्मेवारी भएकाले टेण्टमा नै भए पनि पठनपाठनको व्यवस्था गरिएको छ । “प्रकृतिले बालबालिकाको भविष्यमा नै पु–याएको क्षतिको पूर्ति गर्नुपर्ने जिम्मेवारी हाम्रो हो, भविष्य निर्माणका लागि टेण्टमा नै पढ्ने व्यवस्था गरिएको छ, पठनपाठन सुरु पनि भइसकेको छ”, अध्यक्ष घलेले भने ।

बाढीपहिराका कारण स्थानान्तरण भएका बालबालिकाको भविष्यलाई लक्ष्य गरी पठनपाठनको व्यवस्था गरिएको उनले बताए । भर्खरै मात्र कोभिड–१९ बाट केही हदसम्म तङ्ग्रिएको अवस्थामा पुनः बाढीले थलिएका बेला गाउँपालिकाका जनप्रतिनिधिले सहयोग पु¥याएको भानु माविका प्रधानाध्यापक श्याम पन्थीले बताए।

उहाँका अनुसार जनप्रतिनिधिकै सहयोगले यहाँका बालबालिकाले पठनपाठन गर्ने भएका छन् । “उहाँहरुको सहयोगले अस्थायी तवरबाट टेण्ट टाँगी बालबालिकाको पढ्न पाउने अधिकारलाई सुनिश्चतता गरिदिनुभएको छ”, पन्थीले भने ।

बालबालिकाको पठनपाठनका लागि ताल गुम्बाको प्राङ्गणमा व्यवस्थापन गरिएको छ । बाढीले बालबालिकाको मनोवैज्ञानिक असर पनि पारेको छ । यससँगै बाढीबाट बालबालिकामा पारेको मनोवैज्ञानिक असरलाई समेत निराकरण गरी उनीहरुको उज्ज्वल भविष्य निर्माणमा उहाँहरुको महत्वपूर्ण भूमिका र योगदानप्रति तालगाउँवासी खुसी भएका छन् ।

नासों–१ ताल गाउँस्थित भानु माविमा हालसम्म पनि मस्र्याङ्दी नदी बगिरहेको छ । तीन मावि र एक आधारभूत विद्यालयमा बाढीका कारण क्षति पुगेको छ । यी विद्यालयमा पठनपाठन गराउन सक्ने अवस्था नरहेको शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख नारायणप्रसाद रेग्मीले बताए।

“जोखिमको अवस्थामा तालगाउँका बालाबालिकाका लागि पठनपाठन सञ्चालन गर्न लागिएको छ, टेण्टमा नै तयारी गरिएको छ, बालबालिकाकाको नैसर्गिक अधिकारबाट बञ्चित गराउनु हुँदैन भनेर गाउँपालिकाको सहयोगमा तयारी गरिएको छ”, रेग्मीले भने। बाढीपहिरापछि मनाङमा कोभिड न्यूनीकरण भएसँगै विद्यालय खुला गरिएको उनले बताए ।

त्यस्तै नासों–६ थोंचेस्थित डाँडाको टाकुरामा रहेको प्रकाश ज्योति माविलाई एकतर्फ मस्र्याङ्दी नदी र अर्कोतर्फ दूधखोलाले क्षति पु¥याएको छ । कक्षा १२ सम्म पढाइ हुने यस विद्यालयमा पठनपाठनका लागि मस्र्याङ्दी नदीमाथिको झोलुङ्गे पुलमार्फत जानुपर्ने भए पनि बाढीले पुल बगाएपछि विद्यालयसम्म पुग्नसमेत सकिँदैन ।

जिल्लाका चार माविमा मनाङ ङिस्याङ गाउँपालिका–६ मनाङ गाउँस्थित अन्नपूर्ण माविमात्रै बाढीबाट जोगिएको रेग्मीले जानकारी दिनुभयो । सदरमुकामस्थित चामे गाउँपालिका–४ स्थित नमूना विद्यालय लोकप्रिय माध्यमिकमा आउजाउका लागि नेपाली सेनाको श्रमदानमा फड्के र तारबार गरिदिएपछि पठनपाठन सञ्चालन भइसकेको छ । छात्राबाससहितको विद्यालयको एक चौथाइ भागमात्रै बाँकी रहे पनि पठनपाठन भइरहेको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top