×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

परराष्ट्रमन्त्रीको कार्यभार सम्हालेलगत्तै डा. खड्का अमेरिका जाने

६ आश्विन २०७८

६ असाेज, काठमाडौं।

नेपाली कांग्रेसका नेता डा नारायण खड्का परराष्ट्रमन्त्री नियुक्त भएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गरेकी हुन्।

Advertisement
Advertisement

मन्त्री नियुक्त भएका खड्काले बुधबार दिउँसो नै पद तथा गोपनियताको शपथ लिनेछन्। त्यसपछि उनी सिंहदरबार गएर कार्यभार सम्हाल्ने छन्।

संयुक्त राष्ट्रसंघको महासभामा नेपाली टोलीको नेतृत्व गर्दै परराष्ट्रमन्त्री जानुपर्ने भएपछि प्रधानमन्त्री देउवाले परराष्ट्रमन्त्री नियुक्त गरेका हुन्। कार्यभार सम्हाले लगत्तै  खड्का आजै अमेरिका प्रस्थान गर्ने छन्। उनले महासभालाई नेपालको तर्फबाट सम्बोधन पनि गर्ने छन् ।

Advertisement

उनीसँगै परराष्ट्र सचिव भरतराज पाैडेल पनि अमेरिका जानेछन्। परराष्ट्र मन्त्री नहुँदा राष्ट्रिय र अन्तर्राष्ट्रिय छवि बिग्रिने चिन्ता थियो । साथै संयुक्त राष्ट्रसंघको महासभामा को सहभागी हुने भन्ने पनि अन्यौल थियो ।

भर्खरको समाचार

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

सम्बन्धित खबरहरु

Scroll to Top