सोह्र श्राद्धको अपराह्नकाल : कुन तिथि कतिखेर गर्ने ?

५ असोज ७८, बुधबार

६ असाेज, काठमाडौँ।

दिवङ्गत पितृका नाममा प्रत्येक वर्ष आश्विन कृष्ण पक्षमा गरिने सोह्र श्राद्धका लागि आवश्यक पर्ने अपराह्नकालको समय निर्धारण गरिएको छ । धर्मशास्त्रका विभिन्न ग्रन्थमा सोह्र श्राद्ध अपराह्नकालमा गर्नु भन्ने वचनअनुसार पञ्चाङ्गकार एवं तोयनाथ पन्तको पात्रोका सम्पादक सूर्यनाथ पन्तले सोह्र श्राद्धका सबै तिथिको समय निकालेका हुन् ।

पितृ पक्षसमेत भनिने सोह्र श्राद्ध यस वर्ष असोज ५ गते मङ्गलबारदेखि सुरु भएको छ । सोह्र श्राद्धमा अपराह्नकालमा पिण्डदान नगरे पितृले पाउँदैनन् भन्ने शास्त्रीय मत छ । मङ्गलबार प्रतिपदा तिथिको श्राद्ध दिँउसो १ः०८ देखि ४ः२२ बजेसम्ममा पिण्डदान गर्ने गरी निर्धारण गरिएको उहाँले जानकारी दिनुभयो । यो समयभित्रमै पिण्डदान गर्नुपर्नेछ । तर्पण, दियो पूजा, विश्वेदेवा एवं पितृ ब्राह्मणको आह्वान र पूजा तोकिएको समयअघि नै गर्न सकिने विधि छ । यो समयमा पिण्डदान नगरे पितृले पाउँदैनन् भन्ने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउँछन् ।

असोज ६ गते बुधबार द्वितीया तिथि श्राद्ध दिउँसो १ः०८ देखि ४ः२२ बजेसम्मको समय दिइएको छ । असोज ७ गते तृतीया तिथि श्राद्धको समय १ः०७ देखि ४ः२३ बजेसम्म छ । यस वर्ष असोज ८ गते शुक्रबार चतुर्थी तिथि श्राद्ध पनि १ः०७ देखि ४ः२३ बजेकै समयमा गनुपर्छ ।

यसैगरी पञ्चमी तिथि श्राद्ध असोज ९ गते शनिबार दिउँसो १ः०६ देखि ४ः२२ बजेसम्ममा गर्नुपर्नेछ । षष्ठी तिथि श्राद्ध असोज १० गते आइतबार १ः०६ देखि ४ः२२ बजेसम्ममा गर्नुपर्नेछ । सप्तमी तिथि श्राद्ध असोज ११ गते सोमबार १ः०५ देखि ४ः२३ बजेसम्ममा गर्नुपर्नेछ । यस वर्ष असोज १२ गते मङ्गलबार कुनै पनि तिथिको श्राद्ध नहुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृति दिएका पञ्चाङ्ग (पात्रो) मा उल्लेख छ ।

अष्टमी तिथि श्राद्ध असोज १३ गते बुधबार दिउँसो १ः०४ देखि ४ः२३ बजेसम्ममा गर्नुपर्ने शास्त्रीय विधि छ । नवमी तिथि श्राद्ध असोज १४ गते बिहीबार दिउँसो १ः०४ देखि ४ः२३ बजेसम्मै गर्नुपर्नेछ । दशमी तिथि श्राद्ध असोज १५ गते शुक्रबार १ः०३ देखि ४ः२३ बजेसम्ममा गर्नुपर्नेछ ।

एकादशी श्राद्ध असोज १६ गते शनिबार दिउँसो १ः०३ देखि ४ः२३ बजेसम्मैमा गर्नुपर्नेछ । द्वादशी तिथि श्राद्ध असोज १७ गते आइतबार १ः०२ देखि ४ः२३ बजेसम्ममा गर्नुपर्नेछ । यस वर्ष द्वादशी तिथिमा मघा परेको छ । मघा नक्षत्र परेका दिन छोरा हुनेले श्राद्ध गर्दैनन् । त्रयोदशी तिथि श्राद्ध असोज १८ गते सोमबार १ः०२ देखि ४ः२४ बजेसम्ममा गर्नुपर्नेछ ।

यसैगरी चतुर्दशी तिथि श्राद्ध असोज १९ गते मङ्गलबार १ः०१ देखि ४ः२४ बजेसम्ममा गरिसक्नुपर्ने सम्पादक पन्तले बताउनुभयो । औँसी तिथि श्राद्ध असोज २० गते बुधबार दिउँसो १ः०१ देखि ४ः२४ बजेसम्ममा गरिसक्नुपर्नेछ । अपराह्नकाल पारेर पिण्डदान नगरेमा श्राद्ध गरेर पाइने फल पाउन नसकिने शास्त्रीय प्रमाण छ ।

विशेषगरी काठमाडौँ उपत्यकालगायत ठूला सहरमा यो समस्या छ । आवतजावत गर्दा कोरोना फैलन सक्ने चिन्ता छ । कारणवश श्राद्ध रोकिँदा शास्त्रमा अनेक विकल्प दिइएका छन् । सोह्र श्राद्धकर्ताले आफ्ना पिताको तिथिमा गर्नुपर्ने विधान छ । आपत् धर्मअनुसार कुनै कारणवश अड्किएमा आश्विन कृष्ण औँसीदेखि आश्विन शुक्ल पञ्चमीसम्म गर्न हुने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् गौतम बताउँछन् ।

पितृपक्ष अर्थात् सोह्र श्राद्धमा कोरोनाकै कारण श्राद्ध गर्न नसक्नेले आश्विन शुक्ल पञ्चमीसम्म पनि गर्न शास्त्रसम्मत् हुने उनले सुनाए । यो समयमा पनि कारणवश सोह्र श्राद्ध गर्न नसकिएमा कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन गर्न सकिन्छ । कार्तिक कृष्ण औँसीमा पनि गर्न नसकिने भएमा वृश्चिक सङ्क्रान्ति अर्थात् मङ्सिरसम्म जुराएर गर्न सकिने शास्त्रीय मत छ । यो विकल्प अहिले कोरोनाका कारण सिर्जना भएको जस्तै परिस्थितिका लागि दिइएको हो ।

चाडपर्व यज्ञयागादि तथा ठूला कार्य गर्नुअघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्पराअनुसार सोह्र श्राद्ध गर्ने गरिएको हो । दशैँ, तिहारजस्ता सनातन धर्मावलम्बीले मनाउने ठूला पर्वअघि श्रद्धा, भक्तिका साथ दिवङ्गत पितृलाई सम्झन सोह्र श्राद्ध गर्न थालिएको हो । यस समयमा पितृले आस गरी बसेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top