जलवायु अनुकूलता बचाइराख्नुपर्नेमा जोड

१ साउन ७५, मंगलबार

विराटनगर, साउन १

Advertisement

प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले कृषि उत्पादनमा जलवायुले महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकोले यसको अनुकूलता बचाइराख्नुपर्ने बताएका छन्।

नेपाल जैविक समाजद्वारा आज यहाँ आयोजित ‘समृद्धिको यात्रामा दिगो विकासका लागि शिक्षा, अनुसन्धान र नविनतम प्रविधिको महत्व’ विषयक एक दिने कार्यशाला गोष्ठीमा उनले भने, “जलवायु परिवर्तनले कहिले खडेरी, कहिले सुख्खा जस्ता समस्या भोग्नुपर्ने भएकोले जलवायु परिवर्तन अनुकूल रहनदिनका लागि वातावरण संरक्षणमा विशेष ध्यान दिनुपर्छ ।”

Advertisement

जैविक समाजका अध्यक्ष डा शशीनाथ झाको अध्यक्षतामा भएको सो कार्यकक्रममा पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति डा घनश्यामलाल दास, विभिन्न क्याम्पसका प्राध्यापक र सञ्चारकर्मीको सहभागिता थियो ।

कार्यक्रममा विशेषज्ञ कस्तुभराज न्यौपाने, कमल देवकोटा, डा मनिराज वञ्जाडे लगायतले जलवायु परिवर्तन सम्बन्धी कार्यपत्र प्रस्तुत गरे ।
रासस

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top